लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बुधबार बेलुकी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा नि स्थान बनाएको छ।

लिभरपुलको घरेलु मैदान एन्फिल्ड भएको खेलमा लिभरपुलले पाहुना टोली एथ्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै लगातार चार जितका साथ लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो।

खेलको अधिकांश समय १० खेलाडीमा सिमित भएको एट्लेटिको विरुद्ध लिभरपुलले सहज जित निकालेको थियो।

लिभरपुलले पहिलो हाफमै दुवै गोल गर्न सफल भएको थियो।

पहिलो हाफको १३ औं मिनेटमा पोर्चुगिज फरवार्ड डीयोगो जोटाले गोलगर्दै लिभरपुललाई अग्रता दिलाए।

अग्रता लिएको केही समय बित्न नपाउँदै लिभरपुलका लागि अफ्रिकन फरवार्ड सडीयो मानेले गोल गर्दै लिभरपुललाई पहिलो हाफमै २-० अग्रता दिलाए।

पहिलो हापको ३५औं मिनेटमा एट्लेटिको मड्रिडका डिफेन्डर फिलिप्पेले भने रेफ्रीले बोलाउँदा अटेरी गरेपछि साडियो मानेलाई गरेको फलमा सोझै रातो कार्ड देखाएका थिए।

समूह चरणमा लगातार चार खेलमा ताररहित निकाल्दै लिभरपुल १२ अङ्क का साथ अर्को राउन्डमा प्रवेश गरेको छ भने पोर्टो र एथ्लेटिको मड्रिड बीच भने कडा प्रतिस्पर्धा हुने देखिन्छ। ४ खेलमा पोर्टोको ५ अङ्क छ भने एट्लेटिको म्याड्रिडको ४ अङ्क रहेको छ।

Leave a Reply

Next Post

मेस्सीको अनुपस्थितिमा पेरिस बराबरीमा रोकियो!

Thu Nov 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन च्याम्पियन्स लिगमा गएराति सम्पन्न खेलमा जर्मन क्लब लाईपजीग विरुद्ध बराबरीमा रोकिएको छ। आफ्नाे स्टार खेलाडी लियोनल मेस्सी चोटका कारण टोलीमा पारेका थिएनन्। मेस्सी बिनै मैदानमा उत्रेको पेरिसले जर्मनीमा २-२ को नतिजा निकालेको थियो। लिओनल मेस्सी नभएपनि टोलीमा गुणस्तरको भने कुनै पनि […]
%d bloggers like this: