लिभरपुल विरुद्ध वेस्ट ह्यामको शानदार जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा आइतबार बेलुकी भएको खेलमा वेस्ट ह्यामले लिभरपुल विरूद्ध शानदार जित निकालेको छ।

लन्डन स्टेडियममा लिभरपुलको अपराजित यात्रालाई पूर्णविराम लगाउने क्रममा वेस्टले ह्यामले ३-२ को नतिजा आफ्नो पक्षमा पारेको थियो।

प्रिमियर लिगमा १० खेल अपराजित रहेको लिभरपुल विरुद्ध घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो।

वेस्ट ह्यामले पाएको कर्नर कीकमा लिभरपुलका किपर सम्हालिन नसक्दा आत्मघाती गोल गर्न पुगेपछि खेलको चौथो मिनेटमै ह्याम्मर्सले अग्रता लिएको थियो।

एक गोल पछि परेको लिभरपुलका लागि अलेजान्डर आर्नल्डले ४१औं मिनेटमा स्तरीय फ्री किक गोल गर्दै लिभरपुल लाई खेलमा फर्काए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको पछि अन्य गोल दोस्रो हाफमा भएका थिए।

दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए। उनले काउन्टर अट्याकमा जेरोड बोवेनको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको ७ मिनेटपछि बोवेनको कर्नर किकमा कर्ट जुमाले निकै आकर्षक हेडर गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे।

खेलको ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीले गोल गर्दै लिभरपुल खेलमा फर्कने संकेत दिए। इन्ज्युरी समयमा साडियो मानेले सुवर्ण अवसर खेर फालेपछि लिभरपुल हार बेहोर्न बाध्य भयो।

जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेको छ । लिभरपुलले २२ अंक जोड्ने क्रममा ६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ । शीर्षस्थानको चेल्सीको २६ अंक छ ।

Leave a Reply

Next Post

प्रशिक्षक ओलेलाई बर्खास्त गर्न किन हिच्किचाउदैछ म्यानचेस्टर युनाईटेड?

Mon Nov 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडले यसपटकको ट्रान्सफरमा गरेको उपलब्धि देख्दा यसपटक त पक्कै पनि म्यानचेष्टर फर्किएको हो कि भन्ने अडकल सबैको मनमा थियो। अड्कल नहोस पनि किन? गत सिजन घरेलु लिगमा र युरोपा लिगमा उपविजेता बन्न पुगेको थियो। लिगमा तीन सिजन यता: छैठौँ, छैठौं बाट तेस्रो, तेस्रो बाट उपविजेता, सुस्तरी […]
%d bloggers like this: