लियोनल मेस्सिले ब्रेस्ट विरुद्धको खेल गुमाउने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार लियोनल मेस्सीको कोभिड-१९ को संक्रमण पछिको रिकभरी, अपेक्षा गरे भन्दा ढिलो भएको भएपछि पेरिस सेन्ट जर्मेनका लागि अर्को खेल गुमाउने भएका छन्।

पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले शुक्रबार पार्क डेस प्रिन्सेसमा ब्रेस्टविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड उपलब्ध नहुने बताएका हुन।

३४ वर्षीय मेस्सीले गत आइतबार लियोनमा पीएसजीसँगको १-१ को बराबरीमा फ्रेन्च लिग विन्टर विश्रामबाट फर्किदा गुमाएका थिए।

अर्जेन्टिनामा घरमै रहेका बेला मेस्सीमा संक्रमण देखिएको थियो । उनी नेगेटिभ आए पछि पेरिस फर्किएका थिए।

मेस्सीले बिहीबार एक सामाजिक सञ्जाल पोस्टमा भने  कोभिड पश्चात राम्रो हुन अपेक्षा गरेको भन्दा धेरै समय लागेको तर उनी लगभग निको भइसकेको र मैदानमा फर्कन उत्सुक रहेको बताएका छन।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले आजको दिनमा १००% फर्कन ट्रेनिंग गरेको छु । यस वर्ष अगाडि केही धेरै रोमाञ्चक चुनौतीहरू छन् र मलाई आशा छ कि हामी सबैले चाँडै एक अर्कालाई फेरि देख्न सक्नेछौं।”

पोचेटिनोले मेस्सीलाई टोलीका मेडिकल स्टाफको निगरानीमा राखिएको बताए । क्लबले शुक्रबार मेस्सी “बिस्तारै अर्को हप्ता टोलीमा सामेल हुनेछन्।” भनेर बताएको छ।

यस सप्ताहन्त पछि, लिग- लिडर पेरिस सेन्ट जर्मनले अन्तर्राष्ट्रिय विश्राम अघि जनवरी २३ मा रेम्स विरुद्धको आयोजना गर्दैछ।

त्यसै गरि टोलीमा नेमार नोभेम्बरको अन्त्य देखि घुँडाको चोटका कारण बाहिर छन् र विश्वकप छनोटका लागि बिहीबार घोषणा गरिएको ब्राजिल टोलीमा परेका छैनन्।

अर्जेन्टिना र ब्राजिल भने यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

Leave a Reply

Next Post

क्लब इतिहासमै म्यानचेस्टर युनाईटेडको भन्दा सिटिको रेभेन्यु बढी

Sat Jan 15 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीको राजस्वले स्थानीय प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई गत सिजन पहिलो पटक उछिनेको नयाँ तथ्याङ्कले देखाएको छ। सन् २०१७ यता तीनवटा प्रिमियर लिग उपाधिहरू स्कूप गर्दै म्यानचेस्टर सिटि हालैका वर्षहरूमा इङ्गल्याण्डमा प्रमुख शक्ति बनेको छ। पेप गार्डियोलाको प्रबन्धकको रूपमा आगमनले मैदानमा उनीहरूको प्रगतिलाई गति दिन मद्दत गरेको […]
%d bloggers like this: