लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना बिजयी, तोडे पेलेको रेकर्ड !!!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। मेस्सीको उत्कृष्ट ह्याट्रिकले अर्जेन्टिनाको ३-० को बिजयी सुनिस्चित गरेको छ।

आज बिहान विश्वकप छनोट अन्तर्गत भएको अर्जेन्टिना र बोलिभियाको भेटमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको हो।

पहिलो गोलमा भने मेस्सीको मात्रै एफ़र्ट रहयो। मेस्सीले हक़ुइनलाइ नट्मेग गरे, र त्यसको अर्को सेकेण्डमै २५-यार्डको स्ट्राइक लिदै टप कर्नरमा गोल गरेका हुन्।

उनले गरेको दोस्रो गोलमा भने मार्टिनेजसंगको साठ्गाठ रहेको थियो। दुवैको पासमा बोलिभियाका लाम्पे भने पटक पटक झुक्किरहे । क्लोज रेञ्जबाट बटम कर्नरमा गोल गर्दै मेस्सीले दोस्रो गोल गरेका थिए।

ह्याट्रिक गोल भने अन्तिमको मिनेटमा आयो। खेलको ८८औ मिनेटमा जॉकिनको खतरनाक सट कसै गरि मेस्सीसंग आइपुग्दा, उनले खालि पोस्टमा आनन्दका साथ् आफ्नो तेस्रो गोल गरे।

चौथौ गोल गर्ने मौका पाएका जॉक़ुइनले फराकिलो सट खेल्दा गोल हुन सकेन। बोलिभिया बिरुद्द संतोस्जनक जित निकाल्दै अर्जेन्टिनाले आफ्नो दोस्रो स्थानको पकड झनै बलियो बनाएको छ।

पहिलो स्थानमा २४ अंक सहित ब्राजिल रहेको छ भने १८ अंकका साथ् अर्जेन्टिना दोस्रो स्थानमा रहदा, उरुगे भने १५ अंकका साथ् तेस्रो स्थानमा रहेको छ।

मेस्सीले खेलको १४औ , ६४ औ, ८८ औ मिनेटमा गोल गरेका थिए।

यस खेल अघि मेस्सीले अर्जेन्टिनाका गरेका गोलहरुको समीकरण ७६ थियो भने यस खेलमा गरेको ह्याट्रिक सहित उनको अब कुल अन्तराष्ट्रिय गोलको समीकरण ७९ रहेको छ।

लेजेण्ड खेलाडी पेलेको ७७ गोलको कुललाइ मेस्सीले आजैको खेलबाट उछिनेका छन्।

Leave a Reply

Next Post

नेपाल र पिएनजी बिचको दोस्रो खेल आज हुदैँ

Fri Sep 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र पिएनजी बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। आज दिउसो ओमानको अल एमिरत मैदानमा दिउँसो ४:१५ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाल करिब दुई साता अघि ओमान पुगेको हो। विश्वक्रिकेट लिग अन्तर्गत नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग […]
%d bloggers like this: