लियोनल मेस्सी कोरोना पोजिटिभ, सोमबारको खेल गुमाउने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार खेलाडी लियोनल मेस्सीलाई कोभिड–१९ पोजिटिभ देखिएको पुष्टि गरेको छ।

क्लबले अर्जेन्टिनाका स्टार खेलाडी संगै भानेससँगको कूप डे फ्रान्सको भिडन्त अघि तीन अन्य खेलाडीहरूसँग भाइरस भएको पुष्टि गरेको हो।

बिश्व स्टार लियोनल मेस्सीले सोमबार कुपे डे फ्रान्समा भ्यानेससँगको टोलीको भिडन्त गुमाउने छन्।

पेरिसका स्ट्राइकर क्रिसमस ब्रेकमा आफ्नो मातृभूमि फर्केका थिए, तर उनि संगै टोलीमा अन्य ३ खेलाडीहरुमा पनि कोभिड पोजिटिभ देखिएको बताईएको छ।

पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोविड-१९ का लागि सकारात्मक परीक्षण गर्ने चार खेलाडीहरू लियो मेस्सी, जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजाला हुन्।”

“उनीहरू हाल आइसोलेसनमा छन् र उपयुक्त स्वास्थ्य प्रोटोकलको अधीनमा छन्,” पीएसजीको विज्ञप्तिमा भनिएको छ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोन विरुद्धको अर्को साता हुने लिग १ खेलका लागि मेस्सी उपलब्ध हुनेछन् वा छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा : “मलाई थाहा छैन कि उनी लियोनको विरुद्धमा हुनेछन् कि छैनन्। उनी नकारात्मक हुँदा अर्जेन्टिनाबाट फर्कनेछन्।” उनले बताए।

फ्रान्समा व्यापक तरिकाले कोरोनाका बिरामी बढ्न थालेपछि, त्यहाँको सरकारले खेलहरुमा दर्शकको संख्या कमि गराउने उपाय अपनाउन लागेको जानकरी दिईएको छ।

 

Leave a Reply

Next Post

मछिन्द्रको उदय, लिग च्याम्पियन संगै महादेशीय कप छनौट

Mon Jan 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु लिगमा मछिन्द्र क्लबको पछिल्लो केहि सिजना यताको लोभलाग्दो सफलताले सबै प्रसंशकहरुको मन जित्न सफल भएको छ। घरेलु लिगमा हालको डिफेन्डिंग च्याम्पियन मछिन्द्रले यसै साता क्लब एएफसि कपमा छनौट हुँदै क्लब इतिहासमा अर्को सफलता हात परेको छ। कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरणको […]
%d bloggers like this: