लियोनल मेस्सी सबैभन्दा बढी कमाई गर्ने खेलाडी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार लियोनल मेस्सी, यस वर्षको सर्वाधिक कमाई गर्ने खेलाडीको शिर्षस्थानमा उक्लिएका छन्

अमेरिकी पत्रिका फोर्ब्सले प्रकाशित गरेको विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडीहरूको सूचीमा लियोनेल मेस्सी अग्रस्थानमा देखिएका हुन् 

फोर्ब्सको २०२२ को सूची अनुसार गत वर्ष विश्वका चार सर्वाधिक कमाउने खेलाडीमध्ये तीन फुटबल खेलाडी थिए।

बुधबार सार्वजनिक भएको सूचीमा लियोनल मेस्सी १३ करोड डलर कमाईका साथ शीर्ष स्थानमा छन्।

दोस्रो स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेब्रन जेम्स १२१ मिलियन डलर कमाई गर्दै दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी क्रिस्टियानो रोनाल्डो ११ करोड ५० लाख डलरसहित तेस्रो स्थानमा छन् भने नेमार ९५ मिलियन डलर कमाएर तेस्रो स्थानमा छन्।

मे २०२१ र मे २०२२ बीचको मेस्सीको लगभग ५८% कमाई फोर्ब्सले “अन-फिल्ड” को रूपमा वर्गीकृत गरेको थियो, जसको मतलब यो “पुरस्कार राशि, तलब र बोनस” बाट आएको हो।

मेस्सीको अनुमानित आम्दानीको अन्य ५५ मिलियन सोसियोस, एडिडास, बुडवेजर र पेप्सीसँग सम्झौता र प्रायोजन सम्झौताबाट आएको आम्दानी रहेको छ।

यसै सिजन अगस्टमा अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका थिए।

क्रिस्टियानो रोनाल्डो सोही महिना युभेन्टसबाट म्यानचेस्टर युनाइटेड फर्किएका थिए।

फोर्ब्सका अनुसार, रोनाल्डो, जसको इन्स्टाग्राम फलोअर्स संसारका अन्य कुनै पनि व्यक्तिहरू भन्दा बढी छन्, उनले पनि गत वर्ष “फिल्ड अफ-फिल्ड” आम्दानीमा ५५ मिलियन डलर कमाउन सफल भएका छन्।

रोनाल्डोले नाइके, हर्बालाइफ र क्लियर स्याम्पु जस्ता ब्रान्डको प्रचार गरेका छन्।

फोर्ब्सको विश्वको सबैभन्दा धेरै कमाउने एथलीटहरूको शीर्ष १० सूचीमा नेमार मात्र अन्य फुटबल खेलाडी थिए, जसमा चार बास्केटबलर सहित टेनिस खेलाडी रजर फेडेरर, एन.एफ.एल खेलाडी टम ब्राडी र बक्सिङ खेलाडी क्यनेलो अल्भारेज पनि रहेका छन् ।

 

Leave a Reply

Next Post

प्लेयर अफ द सिजनको मनोनयनमा परेनन् रोनाल्डो

Fri May 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिष्टियानो रोनाल्डो प्रिमियर लिगको सिजनको उत्कृस्ट खेलाडीको मनोनयनमा पर्न असफल भएका छन्।  जारि सिजनमा सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका रोनाल्डो (१८) संगै लिभरपुलका माने पनि सूचीमा परेका छैनन्।  लिभरपुलका स्टार फरवार्ड मानेले जारि सिजनमा ३३ खेल खेल्दै १५ गोल तथा ४ एस्सिस्ट दिएका […]
%d bloggers like this: