मड्रिड र लुका मोड्रीच बीच सम्झौता नवीकरण अन्तिम चरणमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिड र भेट्रान मिडफिल्डर लुका मोड्रिक एक अर्का सँग नयाँ सम्झौताको नजिक पुगेका छन्।

जारी लिग सिजनमा शीर्ष स्थानमा रहेको रियल मड्रिडको इन्जिनका रुपमा रहेका लुका मोड्रीकले कम्तीमा पनि २०२३ को सिजन सम्म सम्झौता थप गर्ने बताइएको छ।

रियल मड्रिडमा झण्डै एक दशकदेखि आफ्नो प्रभुत्व जमाइरहेका क्रोएसियन मिडफिल्डरले लस ब्लानकोसलाई प्रतिनिधित्व गर्दै बेलुन डी ओर पनि हात पारिसकेका छन्।

सन् २०१८ मा रियल मड्रिडलाई ऐतीहासिक च्याम्पियन्स लिग ट्रेबल जिताउन प्रमुख भूमिका खेलेका मोड्रीकले उक्त वर्ष फिफा बर्ष खेलाडी र बेलुन डी ओर जित्न सफल भएका थिए।

लुका मोड्रिच अझै पनि ३६ वर्षको उमेरमा रियल म्याड्रिडका लागि महत्त्वपूर्ण खेलाडी बन्दै आफु प्रति उब्जने शङ्कालाई परास्त गर्न जारी राखेका छन्।

विश्वको शीर्ष मिडफिल्ड खेलाडीहरू मध्ये एक रहेका उनि कुनै हालतमा रोकिने अवस्थामा छैनन् भने रियल संगको सम्झौता मात्र नभई आफ्नो खेल करियर पनि अझै लम्ब्याउने विचारमा छन्।

स्पोर्टर मोड्रिचको सुरुवातमा बोल्दै उनले आफ्नो करियर र आफ्नो प्रगतिका वर्षहरूको बावजुद अबको भविष्यको बारेमा बताएका छन्।

“मलाई थाहा छैन म कहिले सम्म खेलिरहन्छु, हुनसक्छ लगभग ४०, हेर्दै जाउँ के हुन्छ,”

“मैले यसलाई चरणबद्ध रूपमा लिनु पर्छ, मैले जे गरिरहेको छु म त्यसको आनन्द लिदैछु। म शारीरिक रूपमा राम्रो महसुस गर्छु, जुन महत्त्वपूर्ण छ, मानसिक रूपमा पनि। म ठूलो क्लबमा छु, विश्वको उत्कृष्ट क्लबमा कुनै शंका छैन, र म मेरो स्तर सकेसम्म उच्च राख्न कडा मेहनत गरिरहेको छु।”

“यात्रा कति लामो छ त हेर्ने बाँकी छ, तर भविष्यको बारेमा कुरा गर्न गाह्रो छ। म लगभग ३७ पुगिसके र मलाई इमानदार हुन धेरै राम्रो लाग्छ।”

क्रोएसियन मिडफिल्डरले हालसम्म भने रिटायरमेन्टको योजना नबनाएको बताउछन्।

तर रियल म्याड्रिडको जर्सीमा झन्डै एक दशक बिताउन लागेका मोड्रिकले जर्सीको प्रतिनिधि हुन पाउनुमा गर्ब गरेका छन् भने जर्सीमा हरेक पलको मजा लिइरहेको बताउछन्।

“रियल म्याड्रिडमा मेरो समयमा मैले सोचे वा आशा गरेको भन्दा धेरै हासिल गरेको छु, किनकि यो सपना देखेको झन्डै १० वर्ष भइसक्यो,” मोड्रिचले भने।

“यी १० वर्षमा मैले अनुभब गरेका र पाएका कुरा बर्णन गर्न गाह्रो छ। साथै, क्लबसँग र प्रशंसकहरूसँग पनि मेरो सम्बन्ध राम्रो छ ।

“पहिलो क्षणदेखि नै सबैले मलाई विश्वास गरे र मलाई समर्थन गरे। यसले मलाई मसँग भएको सबै कुरा हासिल गर्न र जारी राख्न मद्दत गरेको छ।”

 

Leave a Reply

Next Post

ब्रेंटफोर्डलाई हराउदै म्यानचेस्टर सिटीले बढायो अग्रता

Thu Feb 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| इतिहाड स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–० ले हराउँदै प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा  रहदै लिभरपुल माथिको अग्रता दोहोरो अंकमा पुर्याएको छ। घरेलु टोलीले थोमस फ्रान्कको पक्षमा ठूलो खतरा सिर्जना नगरी खेलमा प्रभुत्व जमायो, सिटिको संगठित प्रेसिंगको नतिजाले दुवै गोल सम्भब भएको थियो। सिटिजन्सको विजयीमा […]
%d bloggers like this: