लेवनडोस्की चम्किदा बायर्न म्युनिकद्वारा बार्सिलोना पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। गए राति भएको च्याम्पियन्स लिगको समूह ‘इ’ अन्तर्गत भएको बार्सिलोना र बायर्न म्युनिकको खेलमा, म्युनिक ३-० को गोलान्तरले बिजयी भएको छ।

च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोनालाइ सजिलै संग पराजित गर्दै, बायर्न म्युनिकले यस सिजनमा बिजयी सुरुवात गरेको छ।

बार्सिलोनाले आफ्नो घरेलु मैदानमै ०-३ को पराजय भोगेको हो। यस अघिको च्याम्पियन्स लिगमा बायर्न म्युनिकद्वारा भारि अन्तरले पराजित भएको बार्सिलोना, पहिलो खेलमा नै भारि हार भोगेको छ।

सानेले दिएको पासलाइ डिबोक्स बाहिर पाउदा समय र स्पेस दुवै पाएका मुलरले , स्कोरिंग सुरु गरेका थिए। २० यार्डबाट प्रहार गरिएको मुलरको सट गार्सिया संग डिफ़्लेक्ट हुदै गोल हुन् पुगेको हो।

५६ औ मिनेटमा रिबाउण्डमा आएको बललाइ गोल गर्दै लेवनडोस्किले अग्रतालाइ दोब्बर पारेका थिए। बायर्न म्युनिकको लगातार आक्रमण भैरहदा पनि बार्सिलोना बाट सफल एटाक भने हुन सकेन।

८५ औ मिनेटमा अर्को रिबाउण्डको मौका पाएका रोबर्टले शान्त संग, आफुले पाएको मौकालाइ गोलमा परिणत गर्दै बायर्नको जित पक्का गरेका थिए। घरेलु मैदानमा खेलेको बार्सिलोनाले भने कुनै पनि गोल गर्न सकेन। अन्तिमको ३० मिनेटमा त बार्सिलोनाले कुनै पनि सटलाइ टार्गेटमा प्रहार गर्न पनि सकेन ।

समूह इ अन्तर्गत भएको अर्को खेलमा डाइनामो काइब र बेन्फिकाले बराबरी गर्दा, हालको अंक तालिका हेर्दा बार्सिलोना अन्तिम स्थानमा रहेको छ भने, बायर्न पहिलो र काइब र बेन्फिका दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

Next Post

ओमान बिरुद्धको खेलमा कहाँ चुक्यो त नेपाली टोलि?

Wed Sep 15 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा ओमानसँग नमीठो हार व्यहोरेपछि नेपालको ब्याटिङ्ग बारेमा फेरि एकपटक बहस हुन थालेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो। बिजयी लक्ष्य ओमानले केवल ३१.१ ओवरमा पाँच […]
%d bloggers like this: