लेवान्डोस्कि भित्र्याउने दाउमा बार्सिलोना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की र बायर्न म्युनिखको बढ्दो दुरीले हालैको दिनमा निरन्तरता पाएको छ।

आफ्नो सम्झौता सकिनै लागिरहेको बेला बायर्न म्युनिखले लेवान्डोस्कीलाई नयाँ करार दिने अथवा नदिने भन्ने अन्योल बढेको छ।

उनको भविष्य अन्योल बढेसँगै युरोपमा शीर्ष क्लबहरुले उनलाई भित्राउन आफ्नो गृहकार्य सुरु गरेका छन्।

 लेवान्डोवस्कीलाई निकै पहिले देखिनै रुचाईरहेको क्लब मध्येको एक रहेको बार्सिलोनाले पनि उनको निगरानी सुरु गरेको छ।

अर्जेन्टिनाका स्टार फरवार्ड सर्जियो अग्वेरोले मुटुको समस्याका कारण खेल जीवनबाट सन्यास लिएसँगै बार्सिलोनामा अहिले उच्च गुणस्तरका फरवार्डको कमि भएको छ।

इंग्लिस क्लब आर्सनलबाट विन्टर ट्रान्सफरमा अबामियांगलाई भित्र्याए पनि बार्सिलोना अहिले भरपर्दो स्ट्राइकरको खोजीमा निस्केको छ। 

अहिलेको युवा पुस्तामा उदाउँदो खेलाडी रहेका एरलिंग हाल्याण्डको बिषयमा पनि गम्भीर रहेको बार्सिलोनाले वर्तमान आर्थिक स्थितिका कारण उनलाई भित्राउन सक्ने क्षमता राख्दैन।

उनको एजेन्टलाई दिनुपर्ने कमिसन सँगै क्लबलाई प्रारम्भिक तिर्नुपर्ने ७५ मिलियन युरो र उनको तलबले उनलाई क्लवमा भित्र्याउनका लागि निकै ठूलो संकटको सामना गर्नुपर्ने देखिन्छ। 

सनसनीपूर्ण फर्ममा रहेका पोलिश फरवार्डले पछिल्ला दुई सिजनमा गर्ड मुलरको बुन्डेसलिगामा गोल गर्ने कीर्तिमान तोडेका छन्।

तर बायर्न म्युनिखसँगको उनको सम्झौतामा एक वर्ष मात्र बाँकी छ , उनको भविष्यको बारेमा अड्कलबाजी चलिरहेको छ। 

यस्तोमा उमेरले ३३ वर्ष पुगे पनि लेवान्डोस्की बार्सिलोनाले अहिले बजारमा खोजेकै जस्तो व्यक्तित्व हुन्।

आर्थिक अवस्थासँगै मैदानभित्र पनि बार्सिलोनाले उच्च रुपमा संकटको सामना गर्न थालेपछि क्लबले एकपछि अर्को गर्दै निराशा देखेको थियो।

यसै सिजन बार्सिलोनामा प्रशिक्षकका रूपमा भित्रिएका पूर्व मिडफिल्डर जाभीले गरेको शानदार कामले अहिले बार्सिलोनाले नयाँ हौसला पाएको छ।

सिजनको सुरूवातमा शीर्ष ५ भित्र पनि नपर्ला जस्तो देखिने बार्सिलोना, अहिले दोस्रो स्थानमा उक्लेको छ भने एक खेल कम खेल खेल्दै तेस्रो स्थानको टोलीसँग अङ्क बराबरी गर्न पुगेको छ। 

उनलाई भित्राउन भने बार्सिलोनाले प्रशस्त समय दिनेछ। 

ठूला खेलाडीहरु भित्राउन हालको समयमा सम्भव नभएपनि बार्सिलोनालाई पुरानै धारमा फर्काउन र पुनः ट्रफी हात पार्न उनको प्रदर्शनले उल्लेख्य भूमिका खेल्न सक्नेछ।

Leave a Reply

Next Post

बेन्जेमाको कथा, रोनाल्डोको छायाँ देखी मड्रिडको राजा सम्म

Thu Apr 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २००९को सिजनमा क्रिस्टियानो रोनाल्डो सँगै रियल मड्रिड भित्रिएका करिम बेन्जेमा, वर्तमान समयका सबैभन्दा उत्कृष्ट स्ट्राइकर हुन। विश्व फुटबलमा राम्रो क्षमता हुदाँहुदै पनि सताब्दीकै महान फुटबलरद्वय मेस्सी र रोनाल्डोको छायाँ बन्न पुगेका थिए करिम बेन्जेमा। हाल ‘राजा करिम’ एक आइकन बनेका छन् जुन पछिल्लो दशकको अधिकांश समयमा […]
%d bloggers like this: