हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले लेस्टर सिटी विरुद्ध ३-० को जित निकाल्दै आफ्नो शानदार फर्म जारी राखेको छ।
पछिल्ला ६ खेलमा पाँचौं जित निकाल्ने क्रममा चेल्सीले घरेलु टोली लेष्टर सिटीलाई उसकै घरेलु मैदानमा निरीह बनाएको थियो।
पहिलो हाफमा निकै कमजोर देखिएको लेस्टर सिटीले कुनै आक्रमणको मौका सिर्जना गर्न सफल भएको थिएन। पहिलो हाफमा चेल्सी विरुद्ध घरेलु टोलि जिरो शट संगै शुन्य शट अन टार्गेट रहेको थियो।
चेल्सीको जितमा इन्टनियो रुडिगर र इंगोलो काण्टे ले १४औँ र २८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमै २-० काे अग्रता दिलाएका थिए।
दोस्रो हाफमा अमेरिकन खेलाडी क्रिस्टियन पुलिसिकले ७१ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाएका थिए।
लेस्टरले दोस्रो हाफको अन्त्य तिर मात्र आक्रमण गर्दै चेल्सीको पोस्टमा केहि मौका हरुको सिर्जना गरेको थियो। मौका हरु सिर्जना भएपनि गोल गर्न भने लेस्टर असक्षम बनेको थियो।
पछिल्ला केही समय खराब फर्मबाट गुज्रेको लेष्टर सिटीले पछिल्ला पाँच खेलमा यो दोस्रो हार बेहोरेको हो।
घरेलु टोलीले स्टारलाई हराउँदै चेल्सीले भने आफ्नो लगातार जीतको यात्रा कायम राखेको छ। १२ खेलमा २९ अङ्क जोडेको चेल्सी हाललाई दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अङ्कले अघि बढेको छ।