वाट्मोरले दिए राजिनामा, ओमन सिरिजमा कसले निभाउछ त कोचको भूमिका !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव वाटमोरले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शुक्रबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञाप्ति जारी गर्दै वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएको जानकारी दिएको छ।

आफ्ना एजेन्ट मार्फत एक इमेलबाट डेवले नेपाल क्रिकेट संघलाई राजीनामा पत्र बुझाएका थिए।

व्यक्तिगत कारण देखाउँदै प्रशिक्षक डेभिड वाटमोरले राजीनामा दिएको कुरा नेपाल क्रिकेट संघले बताएको छ। वाटमोर यसैवर्ष नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रशिक्षक भूमिकामा एक वर्षको लागि अनुबन्ध भएका थिए।

सन् 2022 सम्म आफ्नो करार भएपनि कोविडका कारण आफू घरपरिवारबाट टाढा भएको तथा समय नमिलेको कारण देखाउँदै वाटमोरले राजीनामा दिएका हुन्।
तर केही श्रोतहरु अनुसार प्रशिक्षकको वटमोरले अब भारतको प्रतिष्ठित रञ्जी ट्रफीमा बरोडारा को मुख्य प्रशिक्षकका रुपमा काम सुरु गर्नेछन्।

प्रशिक्षकको वाटमोर अहिले भने विश्व क्रिकेट डिभिजन लिग तयारीका लागि क्रिकेट टोलीसँग ओमानमा छन्। विश्व क्रिकेट लिग डिभिजन टु अगाबै नेपालले पपुवा न्युगिनीसँग 2 एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ।

वाटमोरको प्रशिक्षणमा नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा टि 20 त्रिकोणात्मक सीरीजको उपाधि जित्न सफल भएको थियो। नेपाल,मलेसिया र नेदरल्याण्ड सम्मेलित उक्त शृंखलामा नेपालको प्रस्तुती बिजोड रहेको थियो।

लामो समयपश्चात नेपाली राष्ट्रिय क्रिकेट समर्थकहरुमा आशाको किरण देखिँदै गरेको अहिलेको अवस्थामा प्रशिक्षक वाटमोरको राजिनामाले एक तरंग भने पैदा गरिदिएको छ।

नेपाली क्रिकेटको अव्यवस्थित व्यवस्थापन, योजनाविहीन संरचना, राजनैतिक किचलो साथसाथै उनको पारिश्रमिक नपाउने समस्या र श्रम लगायत अरु थुप्रै समस्या आएका कारण वटमोरले राजीनामा दिएको अड्कल गर्न थालिएको छ।

Leave a Reply

Next Post

विश्व क्रिकेट लिग डिविजन २: कस्तो छ त ओमान बिरुद्ध नेपालको प्रदर्शन?

Sat Aug 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|  विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बर १४ र सेप्टेम्बर १९ मा ओमान विरुद्ध २ एकदिवसीय खेल खेल्दैछ। भारतमा २०२३मा हुने विश्वकपमा सहभागी हुन यो प्रतियोगिता नेपालको लागि सुनौलो माध्यम रहेको छ। तर चुनौती पनि नेपालका लागि त्यतिनै रहेको छ। घरेलु […]
%d bloggers like this: