हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केहि समय यता ट्रान्सफर मार्केटमा निकै ब्यस्त बनेको क्यटलन टोलि बार्सिलोना संग अन्य नामहरु जोडिन थालेका छन्, जसमध्ये पुर्ब चेल्सी खेलाडी तथा ब्राजिलियन ओस्कार पनि रहेका छन्।
म्यानचेस्टर सिटिका फरवार्ड अगुएरोले सन्यासको घोषणा गरे संगै आक्रामणमा केहि खुम्चिएको बार्सिलोनाको टोलिलाई प्लेमेकर ओस्कारको क्षमतालाई नकार्न भने सकिदैन।
पुर्ब खेलाडी इनिएस्टाले क्लब छाडे संगै बार्सिलोनामा अहिले उनकै क्षमताका प्लेमेकरको अभाब रहेको छ। त्यसै कारण पनि बार्सिलोनाका प्रशीक्षक जाभिले ओस्कारलाई नियालिरहेको बताईएको छ।
युरोपेली क्लब चेल्सी हुँदै सन् २०१२ मा युरोपियन फुटबलमा पाइला राखेका ब्राजिलियन खेलाडी ओस्कारले, युरोपमा हुदा आफ्नो छोटो करियरमा आफ्नो प्रतिभाले विश्व जगतलाई चकित पारेका थिए।
तर अहिले उनि चाईनिज सुपर लिगमा आफ्नो ब्यबसायीक करियरलाई निरन्तरता दिईरहेका छन्।
सांघाईमा सन् २०२४ सम्म चल्ने आफ्नो सम्झौता मार्फत, उनी हाल विश्व फुटबलमा पाँचौं सबैभन्दा धेरै कमाउने खेलाडी हुन्।
सन् २०१७ मा, चिनियाँ क्लबले ब्राजिलियनलाई चेल्सीबाट ६ करोड युरोमा अनुबन्ध गरेको थियो र उनलाई ठूलो पारिश्रमिक प्रस्ताव गरेको थियो।
करिब ५ बर्ष पश्चात युरोपको ठुलो लिगमा फर्किन इच्छा जाहेर गरेका ओस्कारले आफ्नो नियमित तलब घटाएर क्याटलन टोलिमा जोडिन चाहेको कुरा बताईएको छ।
चेल्सीमा रहँदा दुईवटा प्रिमियर लिगको उपाधि जितेपछि ३० वर्षीयाले चीनमा सुपर लिग र एउटा सुपर कप जितेका छन्। उनले ब्राजिलका लागि ४८ पटक खेलेर १२ गोल गरेका छन्।