विशेष अदालतद्वारा हरि खड्का दोषी ठहर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।

दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ ।

नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले गत माघ १२ गते खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

एन्फाका महिला विभाग प्रमुख रहेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रिय खेलकुद समिति) मा कार्यरत सई खडकाको आइए (प्रविणता प्रमाण पत्र तह) को शैशिक्षक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

खड्काले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारको दाबी थियो।

Leave a Reply

Next Post

८ बर्ष पछि विश्वकप खेल्ने सपना, के भन्छन त कप्तान र प्रशिक्षक?

Thu Feb 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमानमा शुक्रबार देखि सुरु हुन लागेको टि ट्वान्टी विश्वकप छनौट प्रतियोगीतामा अब्बल साबित हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीले जोडतोडले तयारी गरिरहेको छ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउदै नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोलि, यसपटक फेरी इतिहास दोहोर्याउने पक्षमा रहेको […]
%d bloggers like this: