विश्वकप क्रिकेट लिग : युएईमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा छनौट हुनका लागि हाल भइरहेको विश्वकप क्रिकेट लिग अन्तर्गतको तेस्रो सिरिजका लागि युएईले नेपाल र पपुवा न्युगिनी संग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ।

नेपालले यस अघि ओमानमा र घरेलु मैदानमा गरेर दुईवटा सिरिज खेलिसकेको छ।

ओमानमा हुने टि-ट्वान्टी विश्वकप छनौट प्रतियोगता लगत्तै नेपालले अर्को अन्तरास्ट्रिय सिरिज खेल्न पाउने भएको छ।

युएईले नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्क एकदिवसीय सिरिज मार्च तेस्रो साता आयोजना गर्ने जनाइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले उक्त त्रिकोणात्मक सिरिज हुने पुष्टि गरेका छन्।

त्रिकोणात्क सिरिजको तालिका भने भने सार्वजनिक हुन बाँकी रहेको दासले बताए ।

‘ पपुवा न्युगिनी, नेपाल र युएईबीच हुने भनिएको हो । हामीलाईहाल तालिकामा ओमान  अहिले कुरा भए अनुसार मार्चमा मध्य समयमा हुने भनिएको छ । तर तालिका भने सार्वजनिक गरेको छैन’

तालिका अनुसार नेपाल, युएई र पपुवा न्युगिनीबीच मार्च १५ देखि २२ सम्म शारजाह क्रिकेट स्टेडियम दुबईमा हुने बताइएको छ।

नेपालले खेलेका दुई सिरिज मध्ये पहिलो २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो ।

यसै बर्ष गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच नेपाल सम्मिलित दोस्रो त्रिकोणात्मक एकदिवसीय सिरिज भएको थियो।

२०२३ को एकदिवसीय विश्वकपको सहभागी हुन अहिले छनौट चरणमा रहेका ७ टोलिबाट शिर्ष २ ले सोझै विश्वकप छनौटमा पुग्नेछन् भने अन्य ४ टोलीले भने प्ले आफ खेल्नुपर्ने रहेको छ।

हाल अंक तालिकामा ओमान पहिलो स्थानमा रहेको छ भने नेपाल पाचौ स्थानमा रहेको छ।

Leave a Reply

Next Post

बार्सिलोना र स्पोटिफाई २८० मिलियनको सम्झौता नजिक

Tue Feb 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले र स्पोटिफाई आपसमा आगामी नयाँ सीजन देखि प्रायोजन सम्झौताको नजिक रहेको रिपोर्टहरु बाहिर आएका छन्। बार्सिलोना केही समय देखि चरम आर्थिक सङ्घर्ष गरिरहेको अवस्थामा यस सम्झौताले निकै राहत दिने अपेक्षा गरिएको छ। क्लबले बार्षिक रुपमा आम्दानी गर्ने हिस्सामा स्पोटीफाईको आगमनले अझ बढावा दिने बताईएको छ। […]
%d bloggers like this: