विश्वकप क्वालिफायरमा इंग्ल्यान्डको एकै खेलमा २० गोल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| महिला विश्वकप छनौट अन्तर्गत गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले लात्भियालाई २०-० गोल अन्तरले पराजित गरेको छ।

निकै कमजोर मानिएको लातभियन टोली इंग्लिश महिला टोलीका अगाडि हरेक पक्षमा अति नै कमजोर साबित भएको थियो।

निर्धारित ९० मिनेटको खेलमा इंग्लिश टोलीले कुल ६४ सट प्रहार गरेको थियो भने ८६% बल स्वामित्व आफ्नो पक्षमा पारेका थिए।

जवाफमा लात्भियन टोलीका तर्फ बाट एकै सट पनि घरेलु इंग्लिश टोली तर्फ आउन पाएन।

इङ्ल्यान्डका तर्फबाट १० महिला खेलाडीले गोल गर्ने अवसर पाएका थिए भने चार खेलाडीले एकै खेलमा ह्याट्रिक पूरा गरे।

ह्याट्रिक गर्नेमा बेथ मेड (३) , एलेन ह्वाइट (३), लौरेन मे हेम्प (४) र एलेसीया रुसो (३) रहेका छन्।

एल्ल टोन, जर्जिया स्तन्वे, जेसिका कार्टर, जोर्डन नोब्स र जील स्कटले एक एक गोल गर्न भ्याए। बेथानी इङ्ल्यान्डले दुई गोल गरेकी थिइन्।

विश्वकप छनोटमा लाट्भियालाई २०-० ले हराएर कीर्तिमान तोड्दै ह्याट्रिक गरेकी एलेन ह्वाइट इङ्ल्यान्डको सर्वकालीन सर्वाधिक गोलकर्ता बनिन्।

म्यानचेस्टर सिटी फरवार्ड, आफ्नो देशको लागि उनको १०१ औं उपस्थिति बनाउँदै, किपमोट स्टेडियममा ६ मिनेटपछि इंग्ल्याण्डका लागि केली स्मिथको १०६ गोलको कीर्तिमान बराबरी गरेकी थिइन्।

अक्टोबर २००५ मा हंगेरीलाई १३-० ले हराउनु इंग्ल्यान्डको महिला फुटबल टोलीको अघिल्लो सबैभन्दा ठूलो जीत थियो।

विश्वकप छनौट अन्तर्गत समूह डीमा रहेको इंग्ल्याण्डले ६ खेलमा ६ जित निकाल्दा ५३ गोल गरिसकेको छ भने अहिलेसम्म एक गोल पनि खाएको छैन।

Leave a Reply

Next Post

लिग उपाधि खोसिने संगै तल्लो डिभिजनमा घटुवा हुन सक्ने संकटमा युभेन्टस

Wed Dec 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बिगत दुई बर्ष यतामा भएका कारोबारमा, युभेन्टस गलत लेखाको दोषी पाइएमा सिरी बी मा रिलिगेसन हुन सक्ने र उसले जितेको हालैको सबैभन्दा पछिल्लो लिग उपाधि खोस्न सक्ने बिदेशी संचार माध्यमहरुले बताएका छन्। गत हप्ता ट्युरिन र मिलानमा रहेको कार्यालयमा छापा मारिएको थियो र इनभ्वाइस र वित्तीय […]
%d bloggers like this: