विश्वकप क्वालिफायर युरोप: इटालीको अपराजित यात्रा कायमै, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

हाम्रो नेपाली स्पोर्ट्स, काठमाडौं| गए राती भएका विश्वकपको युरोपियन क्वालिफायर खेलमा इंगल्याण्ड र बेल्जियमले फराकिलो जित हात पारेका छन्।

हङ्गेरीको घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डले हंगेरी लाई ४-० गोल अन्तरले पराजित गर्यो।

निर्धारित ९० मिनेट भरिनै विपक्षीलाई आफ्नो अधीनमा राखेको इङ्ल्यान्डका लागि रहीम स्टरलिङ, ह्यारी केन, ह्यारी मग्वायार र डेक्लान राइस ले एक एक गोल गरे।

जितसँगै इङ्ल्यान्ड ४ खेलमा लगातार ४ जित निकाल्दै समूह ए को शीर्ष स्थानमा पुगेको छ।

समूह ई को अर्को खेलमा बेल्जियमले एस्टोनिया विरुद्ध ५-२ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ।

खेलमा एस्टोनियाले दोस्रो मिनेटमै बेल्जियम विरुद्ध गोल गरेतापनि बेल्जियम टोलीको रफ्तार रोक्न नसक्दा टोलिले ठुलो गोल अन्तरले पराजय हुन पुग्यो।

बेल्जियमका लागि उत्कृस्ट फर्ममा रहेका चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे भने विट्सेल, भनाकेन र फोकेटले समान एक एक गोल गर्न सफल भए। जित संगै बेल्जियम तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

अन्य खेलमा स्वीडेन ले स्पेन लाई २-१ गोल अन्तरले पराजित गर्यो भने युरोपियन च्याम्पियन ईटालीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। इटालियन टोलीले बुल्गेरिया विरुद्ध १-१ को बराबरी खेल्यो। बराबरी सँगै ईटालीले लगातार ३५ खेलमा हारविहिन नतिजा निकाल्न सफल भएको छ। इटालीले नतिजा संगै लगातार हार बिहिन शृंखलाको किर्तिमान बराबर गरेको छ।

यस्तै चार पटकको विश्वकप बिजेता जर्मनीले लाइटेनस्टाइन लाई घरेलु मैदानमा २-० गोल अन्तरले पराजित गर्यो। जितमा जर्मनीका लागि लियोरी साने र टिमो वेर्नरले एक एक गोल गरे।

Leave a Reply

Next Post

ब्राजिल र अर्जेन्टिना आ-आफ्ना खेलमा बिजयी

Fri Sep 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्वालिफायरमा अर्जेन्टिना र ब्राजिल ले आ-आफ्नो खेलमा विजय हासिल गरेका छन्। ब्राजिलले चिली बिरुद्ध १-० को साँघुरो नतिजा निकाल्न सफल रह्यो। निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अधिकांश समय चिलीले आफ्नो पक्षमा बल राखेपनि ब्राजिलको पोस्टमा गोल गर्न भने सफल भएन। पहिलो हाफमा दुबै टोलीले गोल […]
%d bloggers like this: