विश्वकप छनोट : ब्राजिलको सामना गर्दै अर्जेन्टिना – यस्ता छन् पछिला तथ्यांक !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ।  विश्वकप क्वालिफायरमा दक्षिण अमेरिकाका २ चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना आपसमा भिड्दै छन्।

आइतबार राती १२:४५ मा ब्राजिलको घरेलु मैदानमा उक्त क्वालिफायर खेल सम्पन्न हुँदैछ।

दक्षिण अमेरिकाको एल क्लासिकोकाे नामले पनि सुपरिचित यस खेल विश्व फुटबलकै २ पुराना फुटबल इतिहास बीचको लडाई पनि रहेको छ।

पेले, रोनाल्डो, रोमारियो, मेस्सी, म्याराडोना जस्ता स्टार खेलाडीहरुले सदैव भरिभराउ हुने दुई टिम बीचको खेल बहुप्रतीक्षित रहने गरेको छ।

यसपालिको क्वालिफायरमा ब्राजिल र अर्जेन्टिना दुवैले हार बेहोरेका छैनन्, यस्तोमा खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने कुरामा दुईमत छैन।

७ खेलमा लगातार ७ जितेको ब्राजिल विश्वकप क्वालिफायर तालिकाको पहिलो स्थानमा रहेको छ। अर्को तिर सात खेल खेलेको अर्जेन्टिना ४ जित र ३ बराबर सहित तालिकाको दोस्रो स्थानमा रहेको छ।

अझ रोमाञ्चक कुरा त के भने कोपा अमेरिका फाइनलमा अर्जेन्टिनासँग फाइनलमा हारेको हारको बदला लिने दाउमा ब्राजिल यसपटक पक्कै देखिनेछ। फ्रेन्च क्लब पिएसजीबाट संगै खेल्ने गरेका नेमार र मेसी एकआपसमा चिरप्रतिद्वन्द्वी हुँदा एक पटक पुनः राष्ट्रिय टोलीबाट कस्तो खेल खेल्नेछन् भने कौतुहलता हुनु स्वाभाविक नै रहेको छ।

पछिल्लो पाँच खेलमा ब्राजिलले अर्जेन्टिना विरुद्ध केवल दुई खेलमा जित निकालेको छ। घरेलु मैदानमा कोपा अमेरिकाको अर्जेन्टिनासँग हारेको हारको बदला लिने ब्राजिललाई सुनौलो मौका रहेको छ। तर त्यसो भन्दै गर्दा अर्जेन्टिनामाथि हर हालतमा जित निकाल्ने दबाब भने ब्राजिलियन टोलीमा अवश्य रहेको छ।

यसअघिको खेलमा ब्राजिलले चिलीलाई १-० अन्तरको साँघुरो गोलअन्तरले पराजित गरेको थियो। ब्राजिलको पछिल्लो हार अर्जेन्टिना बिरुद्ध कोपा अमेरिका फाइनलनै रहेको छ।

अर्कोतिर अर्जेन्टिना भने पछिल्लो केही समययता उत्कृष्ट लयमा रहेको छ। कोपा अमेरिका सँगै विश्वकप क्वालिफायरमा पनि कुनै कुनै खेलमा हार नबेहोरेको अर्जेण्टीनी टोली आफ्नो अपराजित यात्रालाई कायम राख्दै अर्को वर्ष हुने विश्वकपमा छनौट हुने आफ्नो सम्भावनालाई अझ बलियो बनाउने संघारमा देखिन्छ।

अर्जेन्टिनाले आफ्नो यस अघिको अघिल्लो खेलमा भेनेजुएलाको चुनैती ३-१ गोल अन्तरले पन्छाएको थियो।

Leave a Reply

Next Post

विश्वकप छनौट: फ्रान्स बराबरीमा रोकियो, नेदरल्याण्ड बिजयी

Sun Sep 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट अन्तर्गत यूरो क्वालिफायरका खेलहरुमा नेदरल्यान्ड,डेनमार्क, टर्की, नर्वे र रसिया विजयी भएका छन्। नेदरल्याण्डसले मोन्टेनेग्रोको चुनौती ४-० ले पन्छाउँदै विश्वकप क्वालिफायरमा आफ्नो तेस्रो जित दर्ता गरेको छ। नेदरल्याण्डका लागि बार्सिलोनाका फरवार्ड मेम्फिस दिपेले दुई गोल गरे भने वाईनाल्दम ले १ तथा कोडी गाप्कोले एक गोल […]
%d bloggers like this: