विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलि मंगलबार ओमान जाँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। यसै फेब्रुअरी महिनामा ओमानमा हुने विश्वकप छनौट तथा अन्तरास्ट्रिय सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

राष्ट्रिय टोलीका क्रिकेट म्यानेजर बिनोद दासका अनुसार नेपाली टोली मंगलबार ओमान जाने भएको हो।

सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघले १६ सदस्यीय टोली घोषणा गरिसकेको छ।

तर म्यानेजर दासका अनुसार कोभिडका कारण खेलाडी संख्या बढ्न सक्ने सम्भावना रहेको तर उक्त निर्णयले मुर्त रुप लिन भने बाँकी रहेको बताएका छन्।

नेपाली टिममा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, प्रदिप ऐरी, शहाव आलम, लोकेश बम, कुशल भुर्तेल, अविनाश बोहरा, करण केसी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, जितेन्द्र मुखिया, आरिफ शेख, आसिफ शेख, शरद भेषावकर तथा विवेक यादव रहेका छन्।

अस्ट्रेलियामा यसै बर्ष हुने टि ट्वान्टी विश्वकपमा सहभागिता जनाउन नेपालले ओमानमा ग्लोबल छनौट खेल्दैछ।

ग्लोबल छनौटको फाइनलमा पुग्न सके नेपालले सन् २०१४ पछि विश्वकप क्रिकेटमा सहभागिता जनाउने छ।

ग्लोबल छनोट अघि प्रतियोगिताको तयारीका रुपमा आयोजक ओमान, नेपाल, युएई र आयरल्यान्डबीच चारदेशीय सिरिज हुनेछ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी ११मा, दोस्रो खेल युएईविरुद्ध फेब्रुअरी १२ तारिखमा खेल्नेछ।

नेपालले अन्तिम खेल आयरल्यान्डविरुद्ध फेब्रुअरी १४ मा खेल्ने तालिका रहेको छ।

त्यसैगरी, विश्वकप छनोट अन्तर्गत नेपालले समूह ‘ए’ अन्तर्गत पहिलो चरणमा क्यानाडा, आयोजक ओमान र फिलिपिन्सविरुद्ध खेल्ने तालिका रहेको छ।

नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी १८ तारिखमा खेल्नेछ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तथा तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिखमा हुनेछ।

नेपाल समूह चरणमा शिर्ष दुईमा पुग्न सके मात्र सेमीफाइनलको ढोका खुल्नेछ भने सेमिफाइनल जितेको खण्डमा नेपालले विश्वकपमा प्रवेश पाउने छ।

Leave a Reply

Next Post

वेस्ट इण्डिज विरुद्धको भारतको सहज जित

Sun Feb 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय खेल ६ विकेटले जित्दै भारतले आज बाट सुरु भएको एकदिवसीय शृंखलामा १-० को अग्रता बनाएको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतीय पाहुना टोली वेस्ट इन्डिजलाई १७६ रनमै समेटेको थियो। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा जवाफी १७६ रनको विजयी […]
%d bloggers like this: