विश्वकप छनौटमा अर्जेन्टीनाको अपराजित यात्रा जारि, कोलम्बिया पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पाहुना टोलि कोलम्बियालाई १-० गोल अन्तरले हराउदै कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

जारि विश्वकप छनौटमा १५ खेलमा ब्राजिल संगै अपराजित रहेको अर्जेन्टिनाले १० मा जित र ५ बराबरीको नतिजा निकाल्दा २९ खेलको अपराजित यात्रालाई बढावा दिएको छ।

यस अघिनै विश्वकपमा टिकट काटिसकेको अर्जेन्टिनालाई प्राप्त जितले कीर्तिमानी यात्रालाई मद्धत गर्दा, हार बेहोरेको कोलम्बियाको भने विश्वकपमा छनौट हुने आसमा भने गम्भीर धक्का लागेको छ।

घरेलु मैदानमा कोलम्बियालाई पराजित गर्न एकमात्र गोल लुतारो मार्तिनेजले गरेका थिए। उनले २९औ मिनेटमा मार्काेस एकुनाको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस डियाजको पासमा मिगुइल बोर्जाको प्रहारलाई अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले गोललाइनबाट बचाउँदै बराबरी टारे ।

५९औं मिनेटमा डि मारियाको प्रहारले पोस्टको दिशा लिन सकेन। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोजिकाको क्रसलाई लिसान्द्रो मार्टिनेजले क्लियर गरिदिदा कोलम्विया बराबरी गर्ने राम्रो मौका खेर फ्यालेको थियो।

जितसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।

अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ ।अर्जेन्टिनासँगको हारसँगै कोलम्वियालाई विश्वकपमा छनोट हुने सम्भावना न्युन बन्दै गएको छ।

कोलम्विया १६ खेलबाट १७ अंक जोडेर सातौ स्थानमा रहेको छ। शीर्ष चार टोली आगामी बिश्वकपमा छनौट हुनेछन भने तथा पाँचौ हुने टोलीले प्ले अफको खेल्ने छन्।

Leave a Reply

Next Post

पाराग्वे विरुद्ध ब्राजिलको शानदार जित

Wed Feb 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेलो होरिजोन्टेमा भएको खेलमा पाराग्वेलाई ४-० ले पराजित गर्दै ब्राजिलले आफ्नो घरेलु विश्वकप छनोटको उत्कृष्ट कीर्तिमानलाई निरन्तरता दिएको छ। लीड्स युनाइटेडका फरवार्ड राफिनहाले २८औं मिनेटमा गरेको ओपनर संगै ब्राजिलले घरेलु मैदानमा अग्रता लिएको थियो। एस्टन भिल्लाका नयाँ खेलाडी काउटिन्होले २०२० पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोलको लागि […]
%d bloggers like this: