विश्वकप छनौटमा पोर्चुगल बराबरीमा रोकियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन विश्वकप छनोट चरण अन्तर्गत गएराति सम्पन्न खेलमा पोर्चुगल र आयरल्यान्ड गोल रहित बराबरीमा रोकिएका छन्।

समूह ए मा अपराजित रहेको पोर्चुगलले आयरल्यान्डको घरेलु दर्शकमाझ ३ अङ्क बटुल्न असफल रह्यो।

चौथो स्थानमा रहेको आयरल्यान्डले शीर्ष स्थानमा रहेको पोर्चुगिज टोलीलाई खेल भरी नियन्त्रणमा राख्दै राम्रा मौकाहरु बनाउन दिएन।

खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सिमित भनेको पोर्चुगिज टोली विश्वकपमा छनोट हुन अब केही कदम मात्र पछाडि रहेको छ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । ८२औं मिनेटमा पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

यो बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । बराबरी संगै पोर्चुगलले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ।

अर्को खेलमा स्पेनले ग्रिस विरुद्ध कठिन जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पेनले ग्रीसमाथि उसकै मैदानमा १–० को संघर्ष पूर्ण जित निकालेको हो।

स्पेनको जितमा पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । एथेन्समा बिहीबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गोल गरेका थिए ।

Leave a Reply

Next Post

ब्राजिल कीर्तिमानी २२औँ पटक विश्वकपमा प्रवेश

Fri Nov 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट २०२२ अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल कीर्तिमानी २२ औं पटक विश्वकपमा छनोट भएको छ। पछिल्ला पाँच खेलमा चौथो जित निकाल्ने क्रममा ब्राजिलले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी कोलम्बियालाई हराउन लुकास पास्केटाले दोस्रो हाफको ७२ औं मिनेटमा […]
%d bloggers like this: