विश्वकप छनौट: आजका खेलपछि समुह ‘बि’ को अंक तालिका

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि ट्वान्टी विश्वकप यात्राका लागि आजबाट छनौट चरणका खेलहरुमा ग्लोबल छनौट ‘ए’ अन्तर्गत समूह ‘बि’ का खेलहरु सम्पन्न भएका छन्।

समूह ‘बि’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स रहेका छन्।

पहिलो खेलमा नेपालले आयोजक राष्ट्र ओमानलाई ३९ रनले हराउदा अर्को खेलमा क्यानडाले फिलिपिन्स माथि ११८ रनको बिशाल जित हासिल गरेको छ।

बिशाल जित निकाले संगै क्यानडा समुहमा बलियो रनरेटका साथ समुहको शिर्ष स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा बसेको छ।

क्यानडाले पहिलो खेल पश्चात ५.९ को रनरेट बनाउन सफल भएको छ भने नेपालको रनरेट १.९ पुगेको छ। समुहबाट शिर्ष दुई टोलि सेमी फाईनलको यात्रा तय गर्नेछन।

अर्को खेलमा नेपालले फिलिपिन्स संग तथा क्यानडाले ओमानसंग प्रतिस्पर्धा गर्ने छ। क्यानडा र ओमान बिचको खेल निकै प्रतिस्पर्धात्मक रहेको छ।

नेपालले भने समुहमा तुलनात्मक रुपमा कम्जोर रहेको फ्लिपिंस विरुद्ध उत्कृस्ट जित निकाल्ने होडमा रहदै रनरेटलाई बढावा दिन सक्नेछ।

अर्को खेलमा ओमानले यदि क्यानडा विरुद्ध हार बेहोरेको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ। संगै नेपालले फिलिपिन्स विरुद्ध जित निकाल्न सके क्यानडा र नेपाल अर्को चरणमा पुग्नेछन्।

नेपालले खेल जितेर क्यानडाले हार बेहोरेको खण्डमा पनि नेपाल लगभग अर्को चरणमा पुग्नेछ। यहाँ फिलिपिन्स विरुद्धको खेललाई तिन वटै बलिया टोलिले रन रेटको खेल खेल्न सक्ने प्रबल सम्भावना रहेको छ।

Leave a Reply

Next Post

विश्वकप छनौट: दोस्रो खेलमा भोलि फिलिपिन्स विरुद्ध खेल्दै नेपाल

Fri Feb 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र फिलिपिन्स आईसीसी पुरुष टि ट्वान्टी विश्वकप छनोट ए अन्तर्गतको दोस्रो खेलमा भोलि आमनेसामने हुँदैछन। अल अमेरात क्रिकेट मैदानमा नेपाली टोलीले फिलिपिन्स टोलि संग सिनियर स्तरमा पहिलोपटक क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले शुक्रबार ओमानलाई ३९ रनले पराजित गर्दै आफ्नो अभियानको शानदार सुरुवात […]
%d bloggers like this: