विश्वकप छनौट: ओमानलाई पराजित गर्दै नेपालको शानदार सुरुवात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु टोलि ओमानलाई ३९ रनले स्तब्द पार्दै नेपालले विश्वकप छनौटमा शानदार सुरुवात गरेको छ।

११८ रनको विजयो लक्ष्य पछ्याएको घरेलु टोलि ओमान, १७औ ओभरमा केवल ७८ रनमा अल आउट हुन पुगेको थियो।

केवल सामान्य स्कोरलाई रक्षा गर्न उत्रेको नेपाली बलिंग युनिटले ओमानलाई सस्तैमा समेट्ने क्रममा विश्व स्तरीय बलिंग प्रस्तुत गरेका थिए।

पहिलो जित निकाल्ने क्रममा नेपालका सबै बलरहरुले विकेट लिन सफल भए।

कमल सिंह ऐरीले ३ ओभरमा १५ रन दिदै सर्बाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिएका थिए।

त्यसैगरि जितेन्द्र मुखियाले १ तथा अभिनाष बोहोराले समान एक एक विकेट आफ्नो नाममा गरे।

ओमानको ब्याटिंग भने नेपाली बलरहरुको अघि दयनीय साबित भएको थियो। उसका लागि केवल एक खेलाडीले मात्र दोहोरो अंक बनाए।

तल्लोक्रममा ब्याटिंग गर्न आएका विकेटकिपर ब्याट्सम्यान नसिम खुसिले सर्बाधिक २४ रन बनाउँदा अन्य ९ खेलाडी केवल एक अंकको स्कोरमा आउट भए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले राम्रो ब्याटिंग गर्न सकेन. निर्धारित २० ओभर खेल्दा ८ विकेट को नोक्सानीमा केवल ११७ रन बनाएको थियो।

नेपालका तर्फबाट सर्बाधिक रन आरिफ शेखले(३८) रन बनाउदा कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे।

ओपनर आसिफ ४ रनमा क्याच आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले ५ रन बनाउदा पेभेलियन फर्किएका थिए।

त्यसैगरी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाउदा दिपेन्द्र सिंह ऐरीले ११ रन जोडेका थिए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा ओमानका बलर हरुले राम्रो प्रदर्शन गरेका थिए।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।

Leave a Reply

Next Post

विश्वकप छनौट: आजका खेलपछि समुह 'बि' को अंक तालिका

Fri Feb 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि ट्वान्टी विश्वकप यात्राका लागि आजबाट छनौट चरणका खेलहरुमा ग्लोबल छनौट ‘ए’ अन्तर्गत समूह ‘बि’ का खेलहरु सम्पन्न भएका छन्। समूह ‘बि’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स रहेका छन्। पहिलो खेलमा नेपालले आयोजक राष्ट्र ओमानलाई ३९ रनले हराउदा अर्को खेलमा क्यानडाले फिलिपिन्स माथि […]
%d bloggers like this: