विश्वकप छनौट: नेपाल विरुद्ध हावी हुन सक्ने ओमानका ४ मुख्य खेलाडी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फेब्रुअरीको दोस्रो साताबाट शुरु हुने आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट २०२२ को छनौट चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्दी ओमान विरुद्ध खेल्दैछ।

यसैवर्ष ओमान र दुबईमा भएको आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलिसकेको बलियो राष्ट्र ओमान बिरुद्ध नेपाली टोलीलाई खेल सहज हुने स्थिती भने देखिँदैन।

घरेलु मैदानमा सम्पन्न भएको टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको ओमानको राष्ट्रिय क्रिकेट टोली, यस छनौट चरणमा पनि राम्रो प्रदर्शन गर्दै अष्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान बनाउन चाहन्छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमान विरुद्ध सकारात्मक नतिजा हात पार्न सके, छनौट चरणको फाइनलमा पुग्दै अस्ट्रेलियामा यसैवर्ष हुने विश्वकपमा सहभागिता जनाउने सम्भावना निकै उच्च देखिन्छ।

अन्य प्रतिस्पर्धीहरु भन्दा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी ओमान विरुद्ध पहिलो खेलमै सफलता हात पार्नु नेपालका लागि निकै लाभदायक हुने देखिन्छ। नेपालले अन्य टोली विरुद्ध क्षमता अनुसारको प्रदर्शन गर्ने हो भने नेपाल समूह चरणको शीर्ष दुईमा पुग्ने टोली रहेको छ।

तर ओमानका खेलाडीहरुलाई रोक्नु नेपालकालागि चानचुने कुरा भने नरहन सक्छ। यसैबीच हामीले नेपालविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्ने ओमानका ४ खेलाडी छानेका छौं।

जसमा पहिलो नम्बरमा बसेकाछन् आक्रामक ब्याट्सम्यान जतिन्दर सिंह। नेपाल विरुद्ध विश्व क्रिकेट लिगमा पनि शानदार प्रदर्शन गरेका उनले टी ट्वान्टी विश्वकप क्रिकेटमा पनि ओमानका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। माथिल्लो क्रमका भरपर्दा ब्याट्सम्यान रहेका उनी माथि ओमान टोलीले सधै राम्रो प्रदर्शनको अपेक्षा गर्दछ।

त्यसैगरी अर्का खेलाडी रहेका छन् अलराउन्डर जीसन मक्सुद। ३४ वर्षीया भेट्रान खेलाडिले नेपालविरुद्ध एक अर्धशतक बनाइसकेका छन् भने यसपटकको टी-ट्वान्टी विश्वकप प्रतियोगितामा पनि उनको प्रदर्शन राम्रो रहेको थियो।

नेपालविरुद्ध हाबी हुन सक्ने अर्का व्याट्सम्यान रहेका छन् अकीब इल्यास। नेपालविरुद्ध एक शतक बनाइसकेका इल्यास ओमानका लागि माथिल्लो क्रमका अर्का भरपर्दा ब्याट्सम्यान रहेका छन्। नेपालविरुद्ध २५० भन्दा बढी रन बनाईसकेका उनलाई नेपाली बलरहरुले प्राथमिकतामा राख्न जरुरी देखिन्छ।

घरेलु टोली ओमानका तर्फबाट अर्का घातक खेलाडी बन्नसक्ने क्षमता भेट्रान तीव्र गतिका बलर बिलाल खान रहेका छन्। नेपालविरुद्ध यसअघिका ४ खेलमा ६ विकेट लिएका उनले घरेलु मैदानमा भएको टीट्वेन्टी विश्वकप प्रतियोगितामा ओमानका तर्फबाट सर्वाधिक ५ विकेट लिएका थिए।

Leave a Reply

Next Post

नेपाल र मौरीसियस बिचको पहिलो मैत्रीपूर्ण खेल आज

Sat Jan 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल भ्रमणमा रहेको अफ्रिकी टोलि मौरीसियसले पहिलो अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा आज साँझ दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीको सामना गर्दैछ। आगामी एएफसि च्यालेन्ज कपको छनौट चरणका लागि निकै महत्वपूर्ण मानिएको फिफा वरियतामा सुधार गर्ने लक्ष्यका साथ यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक […]
%d bloggers like this: