हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट अन्तर्गत यूरो क्वालिफायरका खेलहरुमा नेदरल्यान्ड,डेनमार्क, टर्की, नर्वे र रसिया विजयी भएका छन्।
नेदरल्याण्डसले मोन्टेनेग्रोको चुनौती ४-० ले पन्छाउँदै विश्वकप क्वालिफायरमा आफ्नो तेस्रो जित दर्ता गरेको छ।
नेदरल्याण्डका लागि बार्सिलोनाका फरवार्ड मेम्फिस दिपेले दुई गोल गरे भने वाईनाल्दम ले १ तथा कोडी गाप्कोले एक गोल गर्न सफल भए।
जित सँगै नेदरदलाण्ड समूह जी को अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ।
अर्को खेलमा डेनमार्कले आयरल्यान्ड बिरुद्ध १-० गोलअन्तरको साँघुरो जित दर्ता गरेको छ।
खेलको ८४ औं मिनेटमा आएरल्यान्डका खेलाडी रेने जोन्सनले रातो कार्ड पाएपछि खेलाडीमा सिमित बनेको फ्राओरेले ८५ औं मिनेटमा गोल खान पुगेको थियो। डेनमार्कका लागि जोनस विन्डले गोल गर्दै जित दिलाएका थिए।
विश्वकप छनौट अन्तर्गतकै अर्को खेलमा फ्रान्स भने युक्रेन सँग १-१ गोलको बराबरीमा रोकिएको छ। युक्रेनका लागि मिकोला सपरेनकोले ४४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ५० औँ मिनेटमा एन्थोनी मार्सियलले बराबरी गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए।
तर खेलमा पाएका थुप्रै मौकालाई सदुपयोग गर्न सक्दा फ्रान्स एक पटक पुनः बराबरीमा रोकिन पुगेको छ।
त्यस्तै विश्वकप छनौटमा कै अर्को खेलमा २०१८ को विश्वकपको उपविजेता क्रोएसियाले स्लोभाकिया विरुद्ध १-० को जित हात पारेको छ। क्रोएसियाका लागि मार्सलो ब्रोजोविकले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए।
त्यसै गरि अन्य क्वालिफायर खेलहरुमा टर्कीले गिब्रालटारलाई ३-० गोल अन्तरले पराजित गरेको छ भने स्कटल्याण्डले मोल्डोभालाई १-० गोलले पराजित गर्यो। इजरायलले भने अष्ट्रिया विरुद्ध ५-२ को फराकिलो जीत दर्ता गरेको छ। जित सँगै समूह एफ मा रहेको इजरायल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।