विश्वकप पछि पेपलाई प्रशिक्षक बनाउन ब्राजिलको प्रस्ताब

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा सर्वाधिक रुचाइएका प्रशिक्षक पेप ग्वार्डिओलालाई ब्राजिलको राष्ट्र टोलीले आउँदो विश्वकप पछि प्रशिक्षक बनाउने इच्छा व्यक्त गरेको छ 

आउँदो विश्वकप पश्चात हाल प्रशिक्षण गराइरहेका टेटेले ब्राजिलियन फुटबल टोलीसंगको आफ्नो यात्रा टुंग्याउने बताइएको छ 

म्यानचेस्टर सिटि संगको भविष्य पनि चाँडै नै टुंगो लगाउने बताएका पेपका लागि ब्राजिलले प्रशिक्षकको अफर दिएको हो 

सन् २००२ को विश्वकप पश्चात उपाधि जित्न नसकेको ब्राजिलले सन् २०१४ मा आफ्नै घरेलु मैदानमा सेमीफाइनलमा जर्मनी विरुद्ध लज्जास्पद हार बेहोरेको थियो 

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भित्र्याउनका लागि ब्राजिलियन फुटबल संघले उनीसँग प्रस्ताव राखिसकेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्

उनका एजेन्टमार्फत आफ्नो प्रस्ताव राखेको ब्राजिलियन टोलीले वार्षिक १२ मिलियन युरोमा उनीसँग चार बर्षका लागि सम्झौता गर्न चाहेको बताइएको छ

 म्यानचेस्टर सिटीमा भने दुई पटक च्याम्पियन्स लिग विजेता पेपले वार्षिक २० मिलियन यूरो लिने गरेका छन्। 

सन् २०२३ सम्म चल्ने म्यान सिटिसंगको करार समाप्त भएसंगै ब्राजिलियन टोली सम्हाल्नेमा फुटबल संघको विश्वस्त रहेको छ। 

ब्राजिलले हाल विश्वकप जित्ने आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न सबै प्रयासहरू गरिरहेको छ जस अन्तर्गत उनीहरूले राष्ट्रिय टोलीको भविष्यका लागि योजना बनाउँदैछन्।

मार्चको अन्त्यमा एडनाल्डो रोड्रिग्ज सीबीएफको अध्यक्ष बनेपछि टाइटको उत्तराधिकारी गार्डियोलालाई मुख्य उम्मेदवार मानिन्छ।

सिटिको डगआउट सम्हाले पश्चात घरेलु प्रतियोगितामा आफ्नो दबदबा बनाउन सफल भए पनि युरोपेली च्याम्पियन्स लिग जित्न सक्नु पेपका लागि अभिसाप बनेको छ

 त्यसैकारण म्यानचेष्टर सिटीलाई यदि पेपले उसको पहिलो युरोपियन ट्रफी जिताएको खण्डमा उनले सिटी छाड्न सक्ने प्रबल सम्भावना रहेको छ 

मुख्य प्रश्न रहेको उनको सम्झौता आउँदो युरोपियन नतिजामा भर पर्ने मुख्य कारण बन्न सक्छ।

 

 

Leave a Reply

Next Post

लिभरपुललाई यस सिजन असाधारण सफलताको अवसर

Fri Apr 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले आफ्नो महत्वपूर्ण दौरमा म्यानचेस्टर सिटि बिरुद्ध सम्भवतः सबैभन्दा ऐतिहासिक खेल खेल्दैछ। हाल म्यानचेस्टर युनाईटेडले रचेको किर्तिमानी २० औं पटकको लिग उपाधि बराबरी गर्ने दाउमा रहेको लिभरपुल सिटीभन्दा केवल एक अंकले पछि रहेको छ।  आइतबार म्यानचेष्टर सिटी विरुद्धको खेलमा यदि जित निकालेको खण्डमा लिभरपुल यस सिजनको […]
%d bloggers like this: