विश्वकप लिग अघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलि अहिले प्रशिक्षणमा रहेको छ।

मार्चको तेस्रो साता देखि सुरु हुने अन्तरास्ट्रिय सिरिजमा नेपालले आयोजक युएई संगै पपुवा न्युगिनीको सामना गर्दैछ।

प्रतियोगिताको थप तयारी स्वरूप नेपालले यसै साता घरेलु प्रशिक्षण सकेपछि श्रीलंकामा अभ्यास खेल खेल्ने तालिका तय भएको छ।

त्यसको लागि नेपाली क्रिकेट टोली शनिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ।

नेपालले युएई जानुअघि श्रीलंका स्थानिय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले उक्त अभ्यास खेल खेल्ने वातावरण मिलाएको बुझिएको छ।

हाल नेपाली टोलीमा युएई भ्रमणको लागि २० खेलाडी बन्द प्रशिक्षणमा छन्।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेल पुपुवा न्युगिनी विरुद्ध १६ मार्चमा शारजाहाँमा खेल्दैछ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। विश्वकप लिग अन्तर्गतनै नेपालले यसअघि घरेलु मैदानमा र ओमानमा गरेर दुई वटा सिरिज खेलिसकेको छ।

२०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले भने प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ।

पपुवा न्युगिनीले भने अहिले सम्म खाता खोल्न सकेको छैन र १२ खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ।

बन्द प्रशीक्षणमा रहेका खेलाडीहरु: सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह।

 

Leave a Reply

Next Post

यी खेलाडी हुन सक्छन अहिले रोनाल्डोका लागि सबैभन्दा राम्रा पार्टनर

Thu Mar 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडको स्ट्राइकिङ टोलीले हालैको समयमा निकै खराब प्रदर्शन गरिरहेको छ।  यस सिजन टोलीका लागि सर्बाधिक गोल गरेका क्रिस्टियानो रोनाल्डोले गोल गर्न आफैं गर्न संघर्ष गरिरहेका छन्। वास्तवमा उनले सामान्य रूपमा पनि गोल गर्न संघर्ष गरिरहेका छन, पोर्चुगिज फरवार्डले २०२२ मा १० खेलमा केवल एक पटक […]
%d bloggers like this: