विश्वकप लिग २: अमेरिका भ्रमणका लागि राष्ट्रिय टोलि घोषणा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघले बुधबार १५ सदस्यीय टिमको घोषणा गरेका हो।

जारि विश्वकप लिगको चौथो त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । 

लिगको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेलबाट ४० अंक जोड्दा पाँचौ स्थानको अमेरिकाले १६ खेलबाट १४ अंक जोडेको छ।

नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्नेछ। 

भारतमा सन् २०२३ मा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपालले छनोट चरणमा शीर्षक तिनमा पर्न आवश्यक छ।

विश्व क्रिकेट लिग को छनोट चरण अन्तर्गत समूहमा शीर्ष पाँचमा पर्ने टोलीको विश्वकप बरियता यथावत् रहने भएकाले नेपालीलाई विश्वकप छनौट तथा आफ्नो एकदिवसीय वरीयताको कायम राख्न सिरिज अन्तर्गतका अबका खेलहरु निकै महत्वपूर्ण रहेका छन्।

नेपाली टिमःसन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

 

 

Leave a Reply

Next Post

चेल्सीबाट दुई खेलाडी भित्र्याउने योजनामा बार्सिलोना

Thu May 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आउँदो सिजन टोली थप गुणस्तरिय बनाउन, चेल्सीबाट कम्तीमा पनि दुई खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको छ।  चेल्सीका फुल्ब्याक मार्कस अलोंसो संगै सेजर एजपिलीकुएटाको स्थितिलाई बार्सिलोनाले मध्यनजर गरिरहेको रिपोर्टहरु बाहिर आएका छन्।  जारी सिजनमा लिगमा दोस्रो स्थान हात पारेको बार्सिलोना, आउँदो सिजन टोलीमा थप सुदृढ गर्दै घरेलु […]
%d bloggers like this: