विश्वकप लिग २ का लागि प्रारम्भिक टोलीको घोषणा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो मार्चमा हुने विश्वकप लिग डिभिजन २ का लागि नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि प्रारम्भिक २० खेलाडी छनौट गरेको छ।

सन्दिप लामिछानेको कप्तानीमा २० सदसिय टोलीले यसै साताबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागिता जनाउने छन।

विश्वकप लिग अन्तर्गत नेपालले आफ्नो तेस्रो त्रिकोणात्मक सिरिजमा युएई र पपुवा न्युगिनी संग दुबईमा प्रतिस्पर्धा गर्नेछ।

टोलीमा विकेटकिपर अनिल कुमार शाह, विनोद भण्डारी, रोहित कमार पौडेल, राजु रिजाल, भीम सार्की र पवन सरार्फले राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन्।

ओमानमा विश्वकप छनौट खेलेका तथा समावेश भएका शरद भेषावकर, लोकेश बम, साहब आलम, जितेन्द्र मुखिया, कुशल मल्ल, अभिनाश बोहरा र प्रदीप ऐरी टोलीबाट बाहिरिएका छन्।

टि ट्वान्टी विश्वकप छनौट गुमाएका पेस बलद्वय करण केसी र सोमपाल कामि टोलीमा समावेश भएका छन्।

राष्ट्रिय टोलीले घरेलु मैदानमा अभ्यास सकेपछि श्रीलंका भ्रमणमा निस्किने तालिका रहेको छ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ।

२०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन्। बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

बन्द प्रशीक्षणमा सहभागी हुने खेलाडीहरु: सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह।

 

Leave a Reply

Next Post

विश्वकप छनौट: पोल्याण्ड र स्विडेनले रसिया विरुद्धको खेल नखेल्ने

Mon Feb 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोल्याण्डले युक्रेनको आक्रमणको विरोधमा अर्को महिना रसिया विरुद्धको विश्वकप खेल्ने तालिका पूरा गर्न अस्वीकार गर्ने पोलिश फुटबल संघका अध्यक्ष सेजारी कुलेजाले बताएका छन्।  यो निर्णयलाई बार्यन म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की सहित टोलीका खेलाडीहरूले तुरुन्तै समर्थन गरेका छन्। प्लेअफमा रसियाको सम्भावित प्रतिद्वन्द्वी स्विडेनले पनि उनीहरूले “खेल जहाँ […]
%d bloggers like this: