विश्वकप लिग २ : नेपाल विरुद्ध युएई

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नो तेस्रो त्रिकोणात्मक सिरिज अन्तर्गत युएई विरुद्ध आउँदो मार्च १८ मा आफ्नो पहिलो खेल खेल्दैछ।

यसै बर्ष अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप प्रतियोगितामा छनौट भइसकेको युएई सन् २०२३मा हुने एकदिवसीय विश्वकप प्रतियोगितामा पनि सहभागिता जनाउन चाहन्छ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत प्रतियोगितामा शीर्ष तीनमा आउने टोलीले विश्वकपको छनोट खेल खेल्न पाउनेछन् भने अन्य टोलीले छनौट प्रतियोगिताको प्लेअफ खेल्नुपर्ने रहेको छ।

विश्वक्रिकेट लिग अन्तर्गत यूएइको घरेलु मैदानमा हुने खेलका लागि घरेलु टोलीले, नेपालसँग प्रतिष्पर्धा गर्नु भन्दा अगाडि नै ओमन र नामिबियासँग लगातार रुपमा क्रिकेट खेलिरहेको छ।

गत महिना आयरल्यान्डलाई टि ट्वान्टी विश्वकप छनौटको फाइनलमा हराए पश्चात युएईले ओमान र नामिबिया बिरुद्ध ४ खेल खेल्दा २ मा जित र दुईमा पराजय बेहोरेको छ।

ओमान विरुद्ध पछिल्ला दुई खेलमा दुवैमा हार बेहोरेको यूएईले नामिबियालाई भने दुई खेलमा पराजित गरिसकेको छ।

सिरिज अन्तर्गत युएईले नेपालविरुद्ध खेल्नु भन्दा अगाडी यस समूहमा सबैभन्दा पुछारमा रहेको टोली पपुवा न्युगिनीविरुद्ध पहिलो खेल खेल्नेछ।

नेपाली टोली भने गत महिना भएको टी-ट्वान्टी विश्वकप प्रतियोगिता छनोटको सेमिफाइनलमा, युएईसँग पराजित हुँदै विश्वकप खेल्ने सपना बाट बञ्चित भएको थियो।

यसै विश्व क्रिकेट लिगका तयारीका स्वरुप राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा अभ्यास खेल सकेर दुबई प्रस्थान गर्ने अन्तिम चरणमा रहेको छ।

श्रीलंकामा स्थानीय टोलीविरुद्ध राम्रो नतिजा निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पूर्व क्रिकेटर तथा खेलाडीहरूको संलग्नता रहेको श्रीलंका ११ विरुद्ध खेल्दा भने नमिठो पराजय बेहोरेको थियो।

श्रीलंका भ्रमणमा स्थानीय  टोलीहरू विरुद्ध राम्रो बलिङ प्रदर्शन गरेपनि नेपालको ब्याटिङमा भने पुरानै समस्या यथावत् देखिन्छ।

 एक त अन्तर्राष्ट्रिय सिरिजहरुको कमि त अर्कोतिर भ्रमणमा पनि तल्लो स्तरका टोलीहरू सँग प्रतिस्पर्धा गरेको नेपाली टोलीले एकदिवसीय खेलमा यूएईलाई हराउनु अहिलेको स्थितिमा निकै गाह्रो देखिन्छ।

पाकिस्तान तथा भारतबाट उमेरसमूहमा तथा प्रदेशस्तरका खेलाडीहरूको ठूलो बाहुल्यता रहेको यूएईको टोलीलाई हराउनका लागि नेपाली ब्याट्सम्यानहरुले पूर्ण ताकत लगाउनु पर्नेछ।

 घरेलु मैदानमै भएतापनि युएईको बलिंग नेपालको बलिङको तुलनामा स्तरीय नदेखिए तापनि नेपाली टोलीमा भरपर्दा ब्याट्सम्यानको कमि भएका कारण राष्ट्रिय सदैव ठूला प्रतियोगितामा गुणा टेक्ने गरेको छ।

गत महिना विश्वकपको सेमी फाइनलमा पनि फितलो ब्याटिंगका कारण खेल गुमाएको नेपाली टोलीको लागि, प्रतियोगितामा सधै ब्याटिंगकै ठुलो चुनौती रहेको छ

 

 

 

 

Leave a Reply

Next Post

रोनाल्डोले आँफु भन्दा अब्बल बताएका यी खेलाडी, जो उड्न नपाई खसे

Sun Mar 13 , 2022
 पाईमलाहाम्ईरो नेपाल स्पोर्ट्स, काठमाडौं| फाबियो पाईमलाई सन् २००० को दशकमा पोर्चुगलको सबैभन्दा उदयीमान प्रतिभाहरु मध्ये एक मानिन्थ्यो। उनको बयान अहिलेका महान रोनाल्डो स्वयंले म्यानचेस्टर युनाईटेड आउने बित्तिकै गरेका थिए। तर उनले महत्त्वपूर्ण प्रतिभाको अधिकतम उपयोग गर्न असफल रहे र पैसाको कुलतमा उड्न नपाउदै खसे।फुटबलमा हाइप खतरनाक कुरा हो। क्रिस्टियानो रोनाल्डो […]
%d bloggers like this: