विश्वकप लिग २ : राष्ट्रिय क्रिकेट टोलि श्रीलंका प्रस्थान

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युएईमा आयोजना हुन लागेको बिश्वकप क्रिकेट लिगमा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार बिदाई गरिएको छ।

बिश्वकप लिग अन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोलि युएई जादैछ तर त्यो भन्दा अघि श्रीलंकामा नेपाली टोलिले अभ्यास खेल खेल्ने तालिका रहेको छ।

सोहि तालिका अन्तर्गत आज राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको हो। अब टोलीले लिगका लागि थप अभ्यास श्रीलंकामा सकेर युएईका लागि उड्नेछ।

श्रीलंकामा राष्ट्रिय टोलीले त्यहिंका स्थानीय टोलि संग ४ खेल खेल्ने जनाईएको छ।

जसमध्ये एक टोली प्रथम श्रेणी खेल्ने रहेको क्यानले जनाएको छ। नेपालले श्रीलंकामा पहिलो खेल ७ मार्चमा श्रीलंका शसस्त फोर्सको टोलीसँग खेल्नेछ।

मार्च ८ मा सोहि टोलीसँग दोस्रो अभ्यास खेल खेल्नेछ। मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने कार्यक्रम रहेको छ।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेल पुपुवा न्युगिनी विरुद्ध १६ मार्चमा शारजाहाँमा खेल्दैछ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। विश्वकप लिग अन्तर्गतनै नेपालले यसअघि घरेलु मैदानमा र ओमानमा गरेर दुई वटा सिरिज खेलिसकेको छ।

२०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले भने प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ।

पपुवा न्युगिनीले भने अहिले सम्म खाता खोल्न सकेको छैन र १२ खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ।

भ्रमणका लागि क्यानले सन्दिप लामिछानेको कप्तानी अन्तिम १६ टोलीको नाम सार्बजनिक गरिसकेको छ।

सहभागी खेलाडीहरु: सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

Leave a Reply

Next Post

अलविदा शेन! तिम्रो योगदानका लागि क्रिकेट सदैब नतमस्तक रहेनछ

Fri Mar 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेटका महान हस्ती तथा सर्बकालिन समयका एक महान क्रिकेटर शेन वार्नको शुक्रबार देहावसान भएको छ। निकै अपत्यारिलो र दुखद घटना भएपनि प्रकृतिको नियमलाई सबैले स्वीकार्नै पर्छ। विश्व क्रिकेट जगतमा उनि जस्ता प्रभावशाली व्यक्तित्व अब सायदै पाइएला। आफ्नो स्पिनको कलाले बल संगै ब्याट्सम्यानलाई पनि नचाएका शेन, […]
%d bloggers like this: