विश्व क्रिकेट लिग डिविजन २: कस्तो छ त ओमान बिरुद्ध नेपालको प्रदर्शन?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|  विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बर १४ र सेप्टेम्बर १९ मा ओमान विरुद्ध २ एकदिवसीय खेल खेल्दैछ।

भारतमा २०२३मा हुने विश्वकपमा सहभागी हुन यो प्रतियोगिता नेपालको लागि सुनौलो माध्यम रहेको छ। तर चुनौती पनि नेपालका लागि त्यतिनै रहेको छ।

घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको ओमानको टिम सोही लयलाई निरन्तरता दिने प्रयासमा रहनेछ।

नेपाली टोली भने ओमानमा सत् प्रतिशत जित निकाल्दै आफूलाई तालिकामा शीर्ष तीन भित्र पार्नका लागि प्रयास गर्नेछ।

हेड टु हेड नतिजामा ओमान, नेपाल बिरुद्ध पछिल्लो समय यता हाबी भएको छ। नेपालले सन् २०१३ पश्चात ओमान बिरुद्ध जीत निकाल्न सकेको छैन।

सन् २०१३ अघि खेलेका ३ खेलमा सबैमा बिजयी भएता पनि पछिल्लो समय ओमान बिरुद्ध घरेलु मैदानमै पनि नेपाली क्रिकेट टोलीले निराशाजनक प्रदर्शन गरेको छ। सन् २०१३ मे मा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अन्तिम पटक ओमनलाई २८ रनले पराजित गरेको थियो।

नेपालले ओमनसँग खेलेको पछिल्लो चार खेलमा सबैमा पराजय भोगेको छ।

सन् २०१८ मा भएको एसिया कप क्वालीफायरमा ओमानले नेपाललाई ७ विकेटले पराजित गरेको थियो भने सन् २०१९ मा भएको टीट्वेन्टी खेलमा ओमान ६ विकेटले विजयी भएको थियो।

विश्वक्रिकेट लिग अन्तर्गत नै नेपालमा २०२० मा भएको त्रिकोणात्मक सिरिज अन्तर्गतको दुई खेलमा ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो।

नेपालले ओमानलाई अन्तिम पटक सन् २०१३ मा भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा पराजित गरेको थियो। ओमान विश्व क्रिकेट लिग डिभिजन २ को शीर्षस्थानमा छ भने नेपाल छैठौं स्थानमा रहेको छ।

ओमानको घरेलु मैदानमा हुने उक्त खेलमा नेपाल शतप्रतिशत जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव वाटमोरको यो अन्तिम श्रृंखला रहनेछ। उनले शुक्रबार नै आफूले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको भुमिका बाट राजीनामा दिइसकेका छन्।

विश्व क्रिकेट लिग अन्तर्गत २१ त्रिकोणीय शृखला सम्पन्न भएपछि शीर्ष तीन टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर २०२३ मा आफ्नो स्थान पक्का गर्नेछन्।

तलका चार टोलीहरु पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले अफ २०२३ मा पर्नेछन्। ग्लोबल क्वालिफायर मा -च्यालेन्ज लीग ए र बी को विजेता संगै सामेल हुनेछन्।

प्ले-अफ बाट शीर्ष दुई टीमहरु क्रिकेट विश्वकप क्वालिफायर २०२३ को लागी क्वालिफाई गरेर भारतमा २०२३मा हुने विश्वकपमा भाग लिने आफ्नो आशा जीवित राख्नेछन्।

Leave a Reply

Next Post

आर्सनलको बिजोग कायमै, म्यानचेस्टर सिटि संग लज्जास्पद हार

Sat Aug 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत तेस्रो चरणको खेलमा आज म्यानचेष्टर सिटीले आर्सनल बिरुद्ध ५-० को फराकिलो जित अन्तर निकालेको छ। १० खेलाडीमा सिमित भएको आर्सनलले प्रिमियर लिगमा म्यानचेस्टर सिटी विरुद्ध लगातार ११औं हार बेहोरेको हो। जारी सिजनमा आर्सनलले लगातार तीन खेलमा तेस्रो हार बेहोरेको छ र हारसँगै […]
%d bloggers like this: