विश्व क्रिकेट लिग २, का लागि २० सदस्य टोलीको नाम सार्बजनिक , दुइ खेलाडीको पुनर्गमन !!

Nepal in Spain Tri-Series

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। बन्द प्रशिक्षणका लागि २० जना नेपाली खेलाडीहरुको नाम सार्बजानिक !!!

जुलाईमा हुन गैरहेको, नेपाल नामिबिया र स्कटल्याण्डबिचको त्रिकोणात्मक शृंखलाका लागि नेपालले आइताबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ। उक्त प्रशिक्षणका लागि २० नेपाली खेलाडीहरुको नाम आज क्यानले सार्बजानिक गरेको छ।

२० खेलाडी यस प्रकार रहेका छन् :

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिङ्ग एरि, आसिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, कारण केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिङ्ग एरि, अविनाश बोहोरा, सन्दिप जोरा, साहब अलाम, सुशन भारि, शरद भेषावकर, बिक्रम सोब, पवन सराफ, पृथु बास्कोटा

लामो समय पछि टोलिमा फर्कने नामहरुमा शरद भेसावाकर, पृथु बासकोटा रहेका छन् भने युवा खेलाडी ललित राजबंशी, सन्दिप जोरा, रोहित पौडेलले भने ठाउ पाउन सकेनन।

Nepal vs Scotland

कोभिडका कारण स्पेनमा सरेको शृंखलामा नेपालले नामिबिया र स्कटल्याण्डको सामना गर्ने छ। उक्त खेलहरु जुलाईको २० तारिकबाट सुरु हुने छन्। नेपाल अहिले विश्व क्रिकेट लिग अन्तर्गतको अंक तालिकाको सातौ स्थानमा रहेको छ। अरु सबै टोलिले ७-८ खेल खेलिसकेका छन् भने नेपालले बल्ल चार खेल खेलिसकेका कारण, अंक तालिकाको पुछारमा रहेको हो।

केहि महिना अगाडी भएको टि-२० शृंखलामा शानदार प्रदर्शन गरेको नेपालले त्यहि आत्माबिश्वासका साथ् आगामी शृंखलामा प्रदर्शन गर्दै विश्वकप २०२३ मा प्रतिस्पर्धा गर्ने मौका बढाउने छ भन्ने कुराको हामी आशा गर्न सक्छौ। प्रशिक्षणकै निमित्त हेड कोच डेभ व्हाट्मोर पनि नेपाल आइसकेका छन् भने, नेपाली टोलि अब कडा प्रशिक्षणमा उत्रने छ।

Leave a Reply

Next Post

युरो कप : विश्वबिजेता फ्रान्स हंगारी बिरुद्दको खेलमा बराबरीमा रोकियो !!

Sat Jun 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | विश्व बिजेता फ्रान्स हङ्गारीबिरुद्दको खेलमा बराबरीमा रोकियो !!! केही दिन अघि खेलिएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गरेको फ्रान्सले आज भएको खेलमा  हङ्गारीसङ्ग बराबरी गरेको हो। खेलको पहिलो हाफमा फ्रान्सको लगातार दबाब रहे पनि, हङ्गारीको शानदार डिफेन्ससामु युरो कपको प्रमुख दाबेदार फ्रान्स निशब्द रहन […]
France vs Hungary
%d bloggers like this: