वुल्व्स बिरुद्द म्यानचेस्टर युनाईटेडको साँघुरो जित, डीगीयाको उत्कृस्ट प्रदर्शन!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

युवा खेलाडी मेसन ग्रीनवुडले ८० औं मिनेटमा गरेको एक गोलको मद्दतले युनाईटेडले वुल्भसलाई उसकै घरेलु मैदानमा १-० ले पराजित गरेको हो।

घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी विरुद्ध निकै राम्रो खेल प्रदर्शन गरेतापनि वुल्व्स गोल गर्न भने सफल भएन।

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेविड डेहियाले उत्कृष्ट प्रदर्शन गर्दा वोल्भरह्याम्पटन युनाइटेड माथी हाबी हुन बाट बञ्चित भयो।

खेलको सुरुवातदेखि नै म्यानचेष्टर युनाइटेडलाई दबाबमा राख्न सफल भएको घरेलु टोलीले दोस्रो हाफको मध्यान्हसम्म सोही लय कायम राख्न सफल भएता पनि पाएका मौकाहरुको सदुपयोग भने गर्न सकेन।

खेलको सुरुवाती दौडमै वुल्वसका त्रिनकाओंले किपर डी गिया लाई बिट गरिसकेको अवस्थामा युनाईटेडका फुल ब्याक वान विस्सकाले गोल लाईन छेउ उत्कृष्ट क्लियर गर्दा वुल्व्सले अग्रता लिने सुनौलो मौका गुमाएको थियो।

त्यस्तै खेलको दोस्रो हाफमा घरेलु टोलीले पाएको कर्नारमा पाएका दुई मौकालाई डीगीयाले उत्कृष्ट डबल सेभ गर्दै युनाइटेडलाई पछाडि पर्न बाट जोगाएका थिए।

खेल भरि खासै राम्रा आक्रमण बुन्न नसकेको पाहुना टोलिलाई फेरी एकपटक ग्रिनवुडले राहतको सास दिए। खेलको ८० औं मिनेटमा ग्रिनवुडले पोस्टको दायाँ तर्फ बाट गरेको प्रहारले गोलकिपरलाई बिटगर्दै गोलमा परिणत हुन पुगेको थियो।

सोचेअनुसार को प्रदर्शन युनाइटेडका मिडफिल्डरहरुले गर्न नसकेपनी रक्षात्मक क्षेत्र भने युनाइटेडको निकै सफल देखिएको थियो। यसै सिजन रियल मड्रिडबाट म्यानचेष्टर युनाइटेडले भित्रिएका डिफेन्डर राफेल भरानले राम्रो खेल प्रदर्शन गरे।

जारि सिजनमा युनाईटेडको यो दोस्रो जित रहेको छ। ३ खेलमा २ जित र एक बराबर सहित हाललाई टोलि तालिकाको तेस्रो स्थानमा बसेको छ।

सन् २०१२/१३ सिजन पछाडि लिग जित्न नसकी रहेको अवस्थामा युनाइटेडको टोली यसपालि भने राम्रो लयमा देखिएको छ। यसै सिजन रियल म्याड्रिडबाट भरान, डोर्टमण्ड बाट सान्चो र क्रिष्टियानो रोनाल्डोलाई भित्र्याउँदै आफुहरुले लिग जित्नका लागि दावेदारी प्रस्तुत गरेको कुरा प्रष्ट्याएको छ।

 

Leave a Reply

Next Post

एमबाप्पेका लागि पीएसजी र रियल मड्रिडको जुहारी

Mon Aug 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकपछि अर्को गर्दै आफ्ना उत्कृष्ट खेलाडीहरु गुमाउँदै गएको रियल म्याड्रिड यतिबेला सङ्कटमा छ। गत सिजन घरेलु तथा युरोपियन प्रतियोगितामा स्तरीय प्रदर्शन देखाउन नसकेको मड्रिडमा विश्वस्तरीय खेलाडीहरु को उपस्थिती न्यून छ। अझ यो सिजन आफ्ना डिफेन्डरद्वय सर्जियो रामोस र राफेल भरान दुवैले क्लब छोडी सकेको अवस्थामा टोलीको […]
%d bloggers like this: