हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कराचीमा सोमबारदेखि सुरु भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टीट्वेन्टी खेलमा पाकिस्तान ६३ रनले विजयी भएको छ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इण्डिजको निर्णयलाई विफल बनाउदै पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो।
२०१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजको टोलि निर्धारित १९ ओभरमा सबै विकेट गुमाउँदा केवल १३७ रनमा समेटिन पुगेको थियो।
पाकिस्तानका लागि विशाल रन बनाउने क्रममा ओपनर मोहम्मद रिजवानले ५२ बलमा ७८ रनको शानदार पारी खेलेका थिए।
कप्तान बबर आजम शुन्य रनमै पेभिलियन फर्किदा मध्यक्रमका ब्याट्स्म्यान हैदर अलिले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ६८ रनको विस्फोटक पारी खेलेका थिए।
तल्लो क्रमका ब्याट्सम्यानले मोहम्मद नवाजले १० बलमा ३० रन बनाउदा पाकिस्तानले ७ विकेट गुमाउदा २०० रन जोडेको थियो।
वेस्टइंडीजका तर्फबाट रोमारियो सेफडले ४ ओभरमा ४३ रन दिदै सर्बाधिक २ विकेट लिए भने अकिल होसेन, ओसेन थोमस, डोमिनिक ड्रेक र ओडीन स्मिथले एक एक विकेट लिएका थिए।
२०१ रनको विशाल विजयी लक्ष्य पछ्याएको इण्डिज टोलीको पारी भने राम्रो हुन सकेन. ओपनर तथा विकेटकिपर ब्याट्सम्यान शाइ होपले सर्बाधिक ३१ रन बनाउदा रोव्मन पावेलले २३ र ओडेन स्मिथले २४ रन बनाए।
अन्य व्याट्सम्यानहरूको योगदान खासै गतिलो हुन नसकेपछि वेस्ट इन्डिजले पाकिस्तान भ्रमणमा आफ्नो पहिलो पराजय बेहोरेको हो।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मध्य गतिका बलर मोहम्मद वासिमले ४ ओभरमा ४० रन दिंदै ४ विकेट चट्काए।
त्यसैगरी अर्का स्पिनर शादब खानले ४ ओभरमा १७ रन दिँदै ३ विकेट पाकिस्तानले ६३ रनको फराकिलो जित हात पारेको थियो।
पाकिस्तानका तर्फबाट ३९ बलमा ६८ रन जोडेका हैदर अलि खेलको म्यान अफ द म्याच घोषित भए।