वेस्ट इण्डिज विरुद्धको भारतको सहज जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय खेल ६ विकेटले जित्दै भारतले आज बाट सुरु भएको एकदिवसीय शृंखलामा १-० को अग्रता बनाएको छ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतीय पाहुना टोली वेस्ट इन्डिजलाई १७६ रनमै समेटेको थियो।

अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा जवाफी १७६ रनको विजयी लक्ष्य भारतले २८ ओभरमा केवल ४ विकेटको नोक्सानीमा पूरा गर्दै शानदार जित निकाल्न सफल भएको थियो।

यससँगै रोहित शर्माले भारतीय क्रिकेट टोलीमा आफ्नो कप्तानी करियरको सुखद सुरुवात गरेका छन्।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका कप्तान रोहित शर्माको निर्णयलाई भारतीय बलरहरुले राम्रो साथ दिएका थिए।

वेस्टइंडीजका तर्फबाट पूर्वकप्तान जेसन होल्डरले सर्वाधिक ५७ रनको पारी खेल्दा तल्लो क्रमका ब्याट्सम्यान फाबियान एलनले दोस्रो सर्बाधिक २९ रन बनाएका थिए।

अन्य कुनै ब्याट्सम्यानले राम्रो स्कोर बनाउन नसक्दा वेस्ट इन्डिजको पारी १७६ रनमा समेटीएको थियो।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा भारतीय स्पिनर यजवेन्द्र चाहलले ९.५ ओभरमा ४९ रन दिँदै ४ विकेट लिएका थिए।

त्यसै गरी वासिङटन सुन्दरले ३ विकेट लिँदा प्रसिद्द कृष्णाले २ तथा मोहम्मद सिराजले एक विकेट लिए।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ६० रन जोडे भने इसान किसनले २८, सूर्यकुमार यादवले ३४, दीपक हुडाले २६ रन बनाए।

पूर्वकप्तान बिराट कोहली भने ८ रनमा पेभेलियन फर्किएका थिए। त्यसैगरी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त व्यक्तिगत ११ रनमा रन आउट हुन पुगेका थिए।

वेस्टइंडीजका तर्फबाट अल्जारी जोसेफले २ तथा एकील होसेनले एक विकेट लिएका थिए।

Leave a Reply

Next Post

सेनेगललाई पहिलो अफ्रीका कप अफ नेसन्सको उपाधि

Mon Feb 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सात पटकको बिजेता इजिप्टलाई टाईब्रेकरमा हराउदै सेनेगलले पहिलो पटक अफ्रिकन कपको उपाधि हात पारेको छ। आइतबार बेलुकी भएको खेलमा दुई लोकप्रिय फुटबलर द्वय साडीयो माने र मोहम्मद सलाह आपसमा प्रतिद्वन्दीका रुपमा भिडेका थिए। सोचे अनुसारको खेल नभएपनि सेनेगललाई पहिलो हाफमै अग्रता लिने एउटा राम्रो मौका जुरेको […]
%d bloggers like this: