हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। आसन्न एभरेष्ट प्रिमियर लिगको अन्तिम तयारी जोड तोडका साथ सुरु हुन थालेको छ।
६ टोलीले राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता नेपाली क्रिकेटकै सबैभन्दा ठूलो प्रतियोगिता हो।
प्रतियोगिता हेर्दै गर्दै आएको इपीएल म्यानेजमेन्टले यसपालिको संस्करणको विजेतालाई ५० लाख पुरस्कार राशी घोषणा गरेको छ।
उपविजेताले भने १५ लाखमा चित्त बुझाउने छन्।
भैरहवा ग्लडिएटोर, विराटनगर वारियर, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर पट्रीयटस्, पोखरा राईनोज गरेर छ टिमले यसपालिको संस्करणमा भाग लिनेछन्।
यसपालिको संस्करणका लागि भने ईपिएलमा विश्वक्रिकेटका चर्चित एवं महान हस्तीहरुलाई देख्न पाइने भएको छ।
श्रीलङ्कन अलराउण्डर शेकुगे प्रशन्ना, पाकिस्तानी ब्याट्सम्यान डेनिस अजीज साथै मलेसियन ब्याटम्यान विरण्डीप सिंह चितवन टाइगरबाट खेल्ने भएका छन्। अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शहजाद लाईपनि यसपालि चितवनले रिटेन् गरेको छ।
यस्तै ललितपुर पट्रियटसबाट उपुल थरङगा खेल्ने कुरा बाहिर आइरहँदा निर्णय भने भएको छैन। तर इंग्लिस खेलाडी एलेक्स ब्लेक भने आउने भएका छन्। यस्तै भुटानका च्याम्पियन खेलाडि मिक्यो दोर्जि पनि ललितपुर बाट खेल्ने भएका छन्।
यस्तै काठमाण्डु किंग्सले आइरिस खेलाडि केविन ओ ब्रायन, दुबईका रोहन मुस्तफा र किवी विस्फोटक ब्याटस्म्यान कोरे एण्डरसन् जस्ता हस्तीहरुलाई टिममा शामिल गरेपनि खेल्ने नखेल्ने कुरा बाहिर आइसकेको छैन। तर विश्व चर्चित शाहिदअफ्रिदीले भने काठमाडौं किंग्सबाट खेल्ने भने पक्का भएको छ।
बिराटनगर वारियर्सले भने जिम्बाब्वेका स्टार खेलाडी सिकन्दर राजालाई अनुबन्ध गरेको छ।
पोखरा राइनोसबाट क्रिस गेल र पाउल स्ट्रलिङले खेल्ने कुरा बाहिर आएपनि प्रतियोगिता सरेको हुँदा आधिकारिकरुपमा के गर्ने भन्ने अन्यौल मा छ।
श्रीलंकाली ब्याटम्यान दिनेश चण्डिमल बने भएर भैरहवा ग्लाडीएटर सँग आवद्ध भएका छन्।
एबिडी भिल्लियर्स, ड्वेन स्मिथ जस्ता चर्चित खेलाडीहरुको पनि नाम इपिएलमा चलिरहेको तर आधिकारिक रुपमा नआएको हुदाँ समाबेश गरिएको छैन।