शीर्षस्थानमा चेल्सीको बलियो पकड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लगातार चौथो जित हात पार्दै चेल्सीले शीर्ष स्थानमा आफ्नो बलियो पकड जमाएको छ।

तालिकाको पुछारमा रहेको न्युक्यासल युनाइटेड लाइ ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले लगातार चौथो जित हात पारेको हो।

खेलको पहिलो हाफको देखिनै घरेलू टोलीलाई निकै नै दवावमा राखेको चेल्सीले खेल सकिँदासम्म ८०% बल स्वामित्व बनाएको थियो।

चेल्सीको जितमा राइटव्याक रिसि जेम्स नायक बने। उनले दुई गोल गरेका थिए।

खेलको पहिलो हाफको निकै रक्षात्मक खेलेर चेल्सीलाई कुनै पनि मौका नदिएको न्युक्यासल युनाइटेडले दोस्रो हाफमा भने चेल्सीको स्तरलाई रोक्न सकेन।

सेन्ट जेम्स पार्कमा चेल्सीको सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफमा चेल्सीले खेलको ६५औं मिनेटमा रिस जेम्सको गोलबाट अग्रता लिएको थियो ।

७७औं मिनेटमा रिस जेम्सले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

न्युक्यासल बिरुद्धको जित संगै चेल्सीले सबै खेलमा गरेर लगातार छैठौं जित हात पारेको छ।

यो जितसँगै चेल्सी १० खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानको लिभरपुलको (२२) भन्दा चेल्सीले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिन सफल भएको छ । पराजित न्युक्यासल ४ अंक जोडेर १९औं स्थानमा रहेको छ।

Leave a Reply

Next Post

दुई सिजन यताकै खराव लयमा मेस्सी, घरेलु लिगमा अझै गोल विहिन

Sun Oct 31 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेनका स्टार खेलाडी लियोनल मेस्सि घरेलु लिगमा २ वर्ष यताकै खराव लयमा देखिएका छन्। गत अगस्टमा फ्रेन्च च्याम्पियन पेरिसका लागि डेब्यु गरेका महान खेलाडी मेस्सीले लिगमा अहिले सम्म खाता खोल्न सकेका छैनन्। युरोपियन च्याम्पियन्स लिगमा भने ३ खेलमा ३ गोल गरिसकेका मेस्सिले लिग […]
%d bloggers like this: