हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। टस जितेर पहिला ब्यटिङ्ग गरेको वेस्ट इण्डिजले पाचौ खेलमा पनि जित हासिल गर्दै शृंखला ४-१ को अन्तरले जित्यो।
पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले आक्रमक सुरुवात गरेको थियो। इभेन लेविसको आक्रामक ७९ रनको योगदानले राम्रो ढंगले अगाडी बढेको वेस्ट इण्डिजलाइ मिडल अर्डर ब्याट्सम्यानको सहयोग भने मिलेन।
मिडल अर्डर नचल्दा, अस्ट्रेलिया सामु २०० रनको बिजयी लक्ष्य पेस भयो। लेविसले ७९ रन बनाउन ३४ रनको सामना गरेका थिए, उनको यो पारिमा चार चौका र ९ छक्का समाबेश भएको थियो।
खेलको बिचको ओभर देखि लिएर अन्तिम पावार्प्ले सम्म कम्ब्याक गर्ने क्रममा अस्ट्रेलिया एण्ड्रिव टाइ र मिचेल मार्शको महत्वपूर्ण योगदान रहयो, जुन अन्तर्गत टाइले तिन र मार्शले दुइ विकेट चट्काएका थिए।
२०० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले राम्रो सुरुवात भने गर्न सकेन। पावरप्लेमा राम्रै रेटले रन जोडेको अस्ट्रेलियाले दुइ विकेट गुमाएको थियो। ओपनर देखिलिएर बिचका सबै ब्याट्सम्यानहरुले राम्रो सुरुवात पाएता पनि, आफ्नो सुरुवातलाइ राम्रो नतिजा दिन सकेनन।
२०० रनको बिशाल लक्ष्य पछ्याउन एक ब्याट्सम्यानले लामो पारि खेल्नु आवश्याक थियो, जुन कुरामा अस्ट्रेलिया चुक्न पुग्यो र अन्त्यमा गैर पराजय भोग्न पुग्यो। शृंखलाको सुरुवातबाटै साझेदारी बनाएर अगाडी बढ्न नसकेको अस्ट्रलियाको टोलिले आज पनि त्यहि गल्ति गर्न पुग्यो र सोस्वरुप पाच शृंखलाको प्रतियोगिता अन्तर्गतको आजको पाचौ खेलमा चौथौ हार बेहोर्यो ।
अस्ट्रेलियाका लागि आरोन फिंच र मिचेल मार्श बाहेक कुनै अरु ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन भने अस्ट्रलियालाइ धराशायी बनाउने क्रममा वेस्ट इण्डिजका शेल्डोन कट्रेल र आन्द्रे रसेलले तिन तिन विकेट चट्काए।
यस संगै टि-२० शृंखला समाप्त भएको छ भने केहि दिन पश्चात दुवै टोलि बीच एकादिबसिया शृंखला सुरु हुने छ।