हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। बंगलादेश र जिम्बाबेबीचको जारी टि-२० शृंखला अन्तर्गत आज दोस्रो खेल हरारे क्रिकेट मैदानमा साँझ ४: १५मा हुदैछ। यस अघिको पहिलो खेलमा ८ विकेटको सानदार जित निकालेको बंगलादेश, ३ खेलको शृंखलामा १-० ले अगाडि रहेको छ।
घरेलु मैदानमा निकै कम्जोर प्रदर्शन गरिरहेको जिम्बाबेलाई शृंखलामा रहिरहनको लागि आजको खेल जित्ने पर्ने दबाब रहेको छ। यस अघिको एक दिवसीय शृंखला पनि ३-० ले गुमाएको जिम्बाबे आज आफ्नो साख जोगाउने होडमा रहेको छ। बंगलादेश भने यसपालिको जिम्बाबेको भ्रमणमा निकै सहज स्थितिमा देखिएको छ।
टेस्ट र एक दिवसीय दुवै शृंखलामा आफ्नो प्रभुत्व देखाएको बंगलादेश आजको खेलमा पनि जीत निकाल्दै टि-२० शृंखलापनि आफ्नो पोल्टामा पार्दै व्हाइट वाश गर्ने दाउमा देखिन्छ। हरारे स्पोर्ट्स क्लबमा भएको पहिलो खेलमा बंगलादेशले जिम्बाबेमाथि ८ विकेटको फराकिलो जित निकालेको थियो। टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको जिम्बाबेले १८.६ ओवारमा आफ्नो सबै विकेट गुमाउदै १५२ रन बनाएको थियो।
जिम्बाबेका लागि ओपनर वेस्ले माधवेरे ले २३ रन बनाएका थिए भने तेस्रो क्रममा आएका रेगिस चक्ब्भाले २२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै आक्रामक ४३ रन बनाएका थिए।
त्यस्तै मध्यक्रमका ब्याट्सम्यान दिओंन मेयेर्स ले ३५ रन जोड्दा कप्तान सिकन्दर राजा भने खाता खोल्न नपाउदै पेभेलियन फर्किएका थिए। कुनै समय १७०+ रनको होडमा रहेको जिम्बावेलाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका तर्फबाट मोहमद सैफुदिनले ४ ओभरमा २३ रन दिदै २ विकेट लिएका थिए।




खेलमा मुस्ताफिजुर रहमान उत्कृस्ट लयमा देखिएका थिए, उनले ४ ओवरमा ३१ रन दिदै ३ विकेट लिए। यस्तै शकिब अल हसन र सौम्य सरकार ले समान १-१ विकेट लिए भने शोरिफुल इस्लामले किफायती बलिंग गर्दै ५.६ को इकोनोमी रेटमा २ विकेट लिन सफल भए।
१५३ रनको लक्ष्य पाएको बंगलादेशलाई ओपनरद्वय सौम्य सरकार र मोहम्मद नैम ले उत्कृष्ट ब्याटिङको नमुना पेश गर्दै जिम्बाबेका बलरलाई निरीह पारेका थिए।
सौम्य सरकार र मोहम्मद नैमले १३ ओभरमा १०१ रनको साझेदारी गरेका थिए। ४५ बलमा अर्धशतक बनाएका सौम्य सरकार १४औं ओवरमा रनआउट हुन पुगेका थिए।
यस्तै मोहमदुल्ला १५ रनमा रन आउट हुदाँ मोहम्मद नैम ले ६१ रनको नटआउट पारी खेल्दै बङ्गलादेशलाई १८.५ ओवर मा जित दिलाएका थिए। खेलमा १ विकेट र ६१ रन बनाएका सौम्य सरकार म्यान ओफ द म्याच घोसित भएका थिए।