हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | पहिलो र दोस्रो खेलमा उल्लेखनीय जित हसिल गरेको इङ्ल्यान्डले तेस्रो खेलमा पनि भारी अन्तरले जित हासिल गरेको छ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको श्रीलंकालाई इङ्ग्ल्यान्डले १८१ रनको बिजयी लक्ष्य दिएको थियो।
इङ्ल्यान्डका लागि डेभिड मालनले ४८ बलको सामना गर्दै पाच चौका र चार छक्काका साथ ७६ रनको योगदान दिएका थिए। डेभिड सङ्गै ओपनिङ साझेदारीमा आएका बेयर्स्टोले पनि ५१ रनको महत्त्वपूर्ण पारी खेल्दा, श्रीलंका अगाडी १८१ रनको लक्ष्य पेस गरेको थियो।
१८१ रनको लक्ष्य पछ्याएको श्रीलंका पहिलो ओभरबाट अन्तिम ओभर सम्मै दबाबमा रहयो। फर्नान्डोको २० रन बाहेक कसैले राम्रो स्कोर गर्न सकेनन भने डेभिड विलिले तीन विकेट चट्क्यादा, स्याम करनले २ विकेट लिए।
श्रीलंकाको टोलि ९१ रनमै समेटिन पुग्दा, इङ्ग्ल्यान्ड ८९ रनले बिजयी हुन पुग्यो।
आजको जित सङ्गै इङ्ग्ल्यान्डले ३-० को क्लिन स्विप गर्दै टि-२० शृङ्खला जितेको हो। प्लेयर अफ द म्याचका रुपमा डेभिड मालन घोसित भए भने प्लेयर अफ सिरिजका रुपमा स्याम करन छनोट भए।