हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| श्रीलंका भ्रमणमा रहेको जिम्बाबे टोली, एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा श्रीलंका विरुद्ध ७० रनमै समेटिएको छ।
श्रीलंकाले दिएको २५५ रनको विजयी लक्ष्य पछ्याएको जिम्बाबियन टोली, २४.४ ओभरमा ७० रन बनाउँदा अल आउट हुन पुगेको थियो।
जितसँगै श्रीलंकाले जारी एकदिवसीय सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।
जिम्बावेलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका तर्फबाट स्पिनर जेफ्रे भंडरसेले ७.४ ओभर बलिङ गर्दै २ मेडन सहित केवल १० रन खर्चिएर ४ विकेट लिएका थिए।
त्यसैगरी दुसमन्था चमीरा र रमेश मेण्डीसले समान २-२ विकेट लिँदा महिश थक्सीना र चमीका करुणारत्नेले एक एक विकेट लिए।
श्रीलंकाली बल्ल निरीह बन्नपुगेको जिम्बावेको टोलीका लागि ओपनर तकुज्वानासे कैतानोले सर्बाधिक १९ रन जोडे भने रायन बर्लले १५ रन बनाएका थिए। जिम्बाब्वेका अन्य ९ खेलाडीले दोहोरो अङ्क छुन सकेनन।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली श्रीलंकाका लागि ओपनर पथुम निसंकाले सर्बाधिक ५५ रन बनाए भने चरिथ असलनकाले ५२ रनको योगदान दिए।
त्यसै गरी कुसल मेण्डिसले ३६ रन जोड्दा मध्यक्रमका ब्याट्सम्यान चमिका करुणारत्नेले ३० रन बनाउदा घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५४ रन बनाएको थियो।
खेलमा अर्धसतक प्रहार गरेका चरिथ असलनका खेलको म्यान अफ दि म्याच घोषित भए भने पठुम निसानका सिरिजको उत्कृष्ट खेलाडी घोषित भए।