संगैको अमेरिका विश्वकपमा, हामी त हेरेको हेरै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| संयुक्त राज्य अमेरिकाले सन् २०२४ को विश्वकप खेल्न पाउने भएको छ।

नेपालसँगै आइसीसी विश्वकप लिग २ मा रहेको संयुक्त राज्य अमेरिकाले, सहआयोजकको हकमा सोझै विश्वकपमा छनोट भएको हो। 

अमेरिका सँगै वेस्ट इन्डिजले सन् २०२४ मा हुने आईसीसी टी-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना गर्नेछन्। 

पछिल्लो दशकमा नेपालसँगै क्रिकेटमा हुर्किरहेको अमेरिकाको यो ठूलो छलाङ, नेपालका लागि ठूलो सबक रहेको छ। 

किर्तिपुरमा भएको डिभिजन ५ मा अमेरिकालाई हराएर च्याम्पियन बनेको नेपालले त्यसपश्चात विश्वकप खेल्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेपछि नेपाली टि ट्वान्टी बरियतामा पनि आफुलाई एक नम्बर एसोसिएट राष्ट्र बनेको छ। 

पछिल्लो ७ वर्षमा यत्रो फड्को लिंदा नेपालको स्थितिमा भने आजभन्दा एक दशकअघि जस्तो थियो त्यस्तै छ। 

सन् २०१४ पश्चात नेपालले दुई पटक टि विश्वकपमा सहभागिता जनाउने अवसर गुमाइसकेको छ।

एकदिवसीय विश्वकपमा छनौट हुने नेपालको सपना पनि सपनामै सीमित होला जस्तो छ।

नेपालसँगै डिभिजन लिगमा हारेर नेपाल भन्दा तल्लो स्तरमा रहेको अमेरिका, अहिले एकपछि अर्को छलाङ मार्दै विश्वकपको आयोजना सँगै विश्वकप लिगमा नेपाल भन्दा माथि रहेको छ। 

हाल चलिरहेको विश्वकप लिगमा नेपालसँग ३५ रनमै अलआउट भएको अमेरिका, अब सोझै विश्वकपमा छनौट हुने भएको छ भने उसले विश्वकप आयोजना पनि गर्ने भएको छ।

अमेरिका जस्तो देशले क्रिकेटमा धेरै फड्को मारिरहँदा, हामी बीसौं वर्षदेखि क्रिकेटका लागि लागिपरेका देशले प्रगति नगर्नु दुखदायी कुरा हो।

तर  एउटा स्तरीय खेल मैदानमा भएको देशमा विश्वकप योजना परिकल्पना गर्नु निकै हास्यास्पद रहेको छ।

कुरा भने विश्वकपको मात्र हैन नेपालमा आयोजना गर्न सकिने ठूला प्रतियोगिता तथा अन्तरदेशीय सिरिजहरुको रहेको छ।

आफ्नो स्तर सुधार्नका लागि आफु भन्दा राम्रा र बलिया प्रतिद्वन्द्वीहरु विरुद्ध प्रतिस्पर्धा गरी रहनु पर्छ।

 तर नेपालमा ठूला प्रतिद्वन्द्वीहरु आउने सम्भावना नै छैन किनभने त्यसका लागि चाहिने आवश्यक पूर्वाधार नेपालका लागि छैन।

 विदेशमा गएर सिरिज गर्नका लागि नेपाल क्रिकेट सङ्घले पैसाको कारण भन्दा बाहेक अरु केही पनि देखाउने गरेको छैन।

प्रगति गर्नुपर्ने ठाउँमा हामी दिनानुदिन तल तल झर्दै गरिरहेका छौं। बीस वर्षअघिको क्रिकेटको ढाँचा परिवर्तन गर्ने सुरसार नै छैन। 

घरेलु क्रिकेटको संरचनालाई फेरबदल गरेर नयाँ ढाँचा अपनाउने नयाँ प्रतियोगिताहरू लिएर आउने विषयमा छलफल नै हुँदैनन।

आँफु भन्दा कमजोर प्रतिद्वन्द्वीहरुलाई नेपालमा बोलाएर, सिरिज आयोजना गरेर, यस्तै सानातिना प्रतियोगिताहरु बाट आएको जितलाई ठूलो उत्सवका रुपमा लिने गर्छौं।

अमेरिका ओमान, कतार मलेसियाले जुन तरिकाले क्रिकेटको विकास गरिरहेका छन् केहि सिक्ने कि? 

तर बन्नुपर्ने पूर्वाधारहरु समयमै भनिएका भए नेपालले पनि विश्वकप अथवा ठूला प्रतियोगिता आयोजना गर्ने एउटा सम्भावना राख्ने थियो कि?

 

Leave a Reply

Next Post

लिभरपुल कथा: क्लपले आँफु संगै भित्र्याएको दृढता

Sun Apr 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगको सुरुवात सँगै म्यानचेस्टर युनाइटेडका प्रबन्धक सर एलेक्स फर्गुसनले घरेलु फुटबलमा बेग्लै दबदबा कायम गरे। आफूसँगको चिरप्रतिद्वन्द्वी लिभरपुललाई शिर्ष डिभिजनमा प्रतिस्थापन गर्न उनको कार्य निकै उल्लेखनीय मान्नुपर्छ। लिभरपुललाई उसको प्रतिष्ठाबाट विस्थापित गराउँदै म्यानचेष्टर युनाइटेडलाई उक्त स्थानमा पुर्याउनु, सर एलेक्सको हुंकार थियो।  यस बिचमा किर्तिमानी अठारौ […]
%d bloggers like this: