हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | नेपाली राष्ट्रिय क्रीकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दिप लामिछाने भिटालिटी ब्लास्ट खेल्ने भएका छन।
सन्दिपले इंग्ल्यान्डको चर्चित क्लब, वोस्ट्रशायर र्यापिड्सको टोलीमा आफुले स्ंलग्न हुने मौका पाएका हुन।
वोस्ट्रशायरले बुधबार राती आफ्नो टोलिमा सन्दिपलाइ अनुबन्धन गरेको जानकारी दिएको हो। यस भिटालिटी शृङ्खलामा सन्दिपलाइ पहिलो पटक संलग्न हुने मौका मिलेको हो।

उक्त प्रतियोगिता जुन ९, २०२१ बाट सुरुहुने छ र सन्दिप अनुबन्धित टोलिले पहिलो खेल जुन ९ मै खेल्ने छ।
अरु कुनै प्रतियोगिता यस बिच नजुदेको खन्डमा , सन्दिपले यस प्रतियोगिताको नया अनुभव बटुल्ने छन !