सन्दिप लामिछाने बने नेपालकै पहिलो”आईसिसि प्लयेर अफ द मन्थ”

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली लेग स्पिनर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को प्लेयर अफ द मन्थ घोषित भएका छन्।

आइसीसी अनुसार लामिछानेले बंगलादेशका बायाँ हातका अर्थोडक्स नसुम अहमद र संयुक्त राज्य अमेरिकाका विस्फोटक ब्याट्सम्यान जसकरण मल्होत्रालाई हराएका थिए, जसले आफैंले यस महिनामा केही उत्कृष्ट प्रदर्शन गरेका थिए।

लामिछाने यो महिना शानदार निकै फलदायी रहेको थियो थियो।

ओमानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लीग २ को त्रिकोणात्मक सिरिजमा उनलेमा केहि खेलमा आश्चर्यजनक प्रदर्शन गरेका थिए।

उनले ओमानमा कुल ६ एकदिवसीय खेलेका थिए जसमा ३.३८ को इकोनोमी मा १८ विकेट लिदै टूर्नामेंटको दौरान स्ट्यान्ड आउट बलर भएका थिए।

उनको दुई उल्लेखनीय प्रदर्शन पापुआ न्यूगिनी को बिरुद्ध ४/३५ र ६/११ को आंकडा रहेको थियो। उनको अन्य यादगार प्रदर्शन ओमानको बिरुद्ध थियो, जहाँ उनले ४/१८ को आंकडा दर्ता गरेका थिए भने उक्त खेल नेपालले आफ्नो पक्षमा पारेको थियो।

Leave a Reply

Next Post

आयोजक कतार पछि आगामी विश्वकपमा छनौट हुने जर्मनी पहिलो राष्ट्र

Tue Oct 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन विश्वकप क्वालिफायरअन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनीले उत्तर म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा म्यासेडोनियाको टोलि जर्मनीको स्तर अघि निरिह हुन पुगेको थियो। जितसँगै लगातार पाँच खेलमा अपराजित रहि जितको शृंखला कायम राखेको जर्मनीले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। प्रशिक्षक जोअचिम […]
%d bloggers like this: