सन्दिप लामीछानेको शानदार बलिंग, सस्तैमा समेटियो पपुवा न्युगीनिको टिम

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र पपुवान्युगिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पहिलो इनिंग भर्खरै समाप्त भएको छ।

जसमा टस हारेर पहिले बलिङ गरिरेको नेपालले बलियो सुरुवात गर्दै पपुवा न्युगिनीलाई १३४ रनमा समेटन सफल भएको छ।

पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएका छन्।

त्यस्तै आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेलीरहेका विक्रम सोबले शानदार बलिङ गर्दै ५ ओभरमा १ मेडन राख्दै २० रन दिएर २ विकेट लिन सफल भए।

अर्का बायाँ हाते स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै १९ रन दिएर २ विकेट लिँदा सोमपाल कामिले भने १ विकेट आफ्नो नाममा राख्न सफल भए।

आफ्नो १० ओभरको कोटा पूरा गरेका सन्दीप लामिछानेले भने ३५ रन दिँदै ३ दशमलव ५ को इकोनोमीमा ४ विकेट लिन सफल भएका थिए।

पपुवा न्युगिनीको मध्य क्रमलाई धरासायी पार्ने क्रममा लामिछानेले चार्ल्स अमिनी, सेसे बाउ, जसोन किला र नोसैना पोकनाको विकेट लिएका थिए।

आजै डेब्यू गरेका विक्रम सोबले मथिल्लो क्रममा खेल्ने टोनी उरा र कप्तान अस्सद वालालाई आफ्नो सिकार बनाए।

नेपाली बलरहरु सामु जवाफ विहिन बनेका पपुवा न्युगिनी टिमका लागि सर्वाधिक रन बनाउने क्रममा लेगा सियाका ले ३० रन जोडे भने चार्ल्स अमिनीले २३ तथा गौडी टोकाले २२ रनको योगदान दिए।

१३५ रनको सामान्य लक्ष्य पाएको नेपालले अबको केहीबेरमा आफ्नो इनिङको सुरुवात गर्दैछ।

 

Leave a Reply

Next Post

पपुवा न्युगिनी बिरुद्ध नेपालको कठिन जित, ब्याटिंगमा पुरानै समस्या यथावत

Tue Sep 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकदिवसीय सिरिज अन्तर्गत पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। ओमान स्थित अल मीरत मैदानमा भएको उक्त खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको विजय लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३९ दशमलव ३ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ […]
%d bloggers like this: