हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | सन्दीपले ‘द हन्ड्रेड’ गुमाउन सक्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इङ्गल्याण्डमा आयोजित ‘द हन्ड्रेड’ प्रतियोगिताको सुरुवाती खेलहरु गुमाउने भएका छन्।
६०,००० पाउन्डमा ओभल इन्भिन्सिबलमा अनुबन्धित भएका लामिछानेले भिसा समस्याका कारण प्रतियोगिता खेल्न नसक्ने एक अमेरिकी अनलाइन समाचार पोर्टल ईएसपीएन क्रिकइन्फोले बताएको छ।
ईएसपीएन क्रिकइन्फोका अनुसार लामिछानेले टिएर ५ भिसा मार्फत बेलायत आएपनि प्रतियोगिता खेल्ने अनुमति अझै दुविधामा रहेको जनाएको छ। उनी जुलाई ९ मा इंग्ल्यान्ड प्रस्थान गरेको थियो भने उनको आज (मंगलबार) १०-दिने क्वारेन्टिन अवधि समाप्त हुँदै छ।
१०० बलको खेलाइने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता जुलाई २१ बाट सुरु हुने छ । पुरुष र महिला गरि इङ्गल्याण्ड र वेल्सका मुख्य सहरहरुबाट आठ टीमले सहभागिता जनाउदै छन्।
यसअघि सन्दीपले भिसा आउन ढिलाइ भएका कारण भाइटालिटी टी–२० ब्लास्ट प्रतियोगिता गुमाएका थिए।