सन् २०१२ : मेस्सी र फुटबल इतिहासको अद्भुत बर्ष

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी एक्काइसौ शताब्दीमा मात्र नभई समग्र फुटबल इतिहासमै महान पात्र बनिसकेका छन् 

आफ्नो जादुई खेल प्रदर्शनले कीर्तिमान र उपाधिको ओइरो लगाएका यी सर्वकालीन महान् खेलाडी मध्येका यी जादुगरले आधुनिक फुटबल इतिहासमा नयाँ आयाम दिएका छन् 

पछिल्लो डेढ दशकमा एक पछि अर्काे शानदार प्रदर्शन गरेका मेस्सीले सन् २०१२ मा फुटबललाई नै नतमस्तक बनाएका थिए

उक्त बर्ष अनेकौं रेकर्ड मात्र तोडिएनन, फुटबल इतिहासले सर्वोत्कृष्ट खेलाडीबाट आफुलाई सजाउने मौका समेत पायो

यो यस्तो अद्भुत समय थियो जसमा समग्र फुटबल संसार, इतिहासकै सबैभन्दा महान प्रदर्शनको साक्षी बनेको थियो

एउटा यस्तो प्रदर्शन जसको इतिहास दोहोर्याउन अब लगभग असम्भव जस्तै बनेको छ 

उसबखत २५ वर्षका रहेका मेसीले जर्मनिका महान फुटबल खेलाडी गर्ड मुलरको एक बर्षमा ८५ गोलको किर्तिमान तोडेका थिए

सन् २०१२ मा ९१ गोल गरेका लियोनल मेस्सीले: ७९ गोल बार्सिलोनाको जर्सीमा गरेका थिए भने बाँकी अर्जेन्टिनी जर्सीमा आएको थियो 

उनले गरेको ९१ गोल केवल ६९ खेलमा आएको थियो 

उनले उक्त बर्ष पेरिस सेन्ट जर्मेन, बोरुसिया डर्टमन्ड, म्यानचेस्टर युनाइटेड र चेल्सीभन्दा धेरै गोल गरेका थिए।

बार्सिलोनामा मात्र नभई उनको प्रदर्शनले अर्जेन्टिनाको जर्सीमा पनि एकरुपता पाएको थियो। उनले आफ्नो राष्ट्रका लागि ९ खेल खेल्दै १२ गोल गरेका थिए।

आफ्नो लगातार चौथो बालोन डी’ओर अवार्ड जित्ने क्रममा मेस्सीले आश्चर्यजनक वर्षमा २९ असिस्ट पनि प्रदान गरे।

एउटै सिजनमा एउटै खेलाडीले एक सयभन्दा बढी गोलमा आफ्नो प्रत्यक्ष संलग्नता देखाएको त्यो एकमात्र बर्ष रहेको थियो।

२०११/१२ को सिजन युरोपेली च्याम्पियन्स लिग र घरेलु प्रतियोगितामा उपाधि जित्न नसकेपनि लियोनल मेस्सीको व्यक्तिगतरुपमा उक्त सिजन सबैभन्दा उत्कृष्ट रहेको छ। 

 

 

 

 

 

 

Leave a Reply

Next Post

विश्वकप लिग २: अमेरिका भ्रमणका लागि राष्ट्रिय टोलि घोषणा

Thu May 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघले बुधबार १५ सदस्यीय टिमको घोषणा गरेका हो। जारि विश्वकप लिगको चौथो त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ। लिग २ मा १२ […]
%d bloggers like this: