सन् २०२२ को टि-२० विश्वकपका लागि नेपालले ग्लोबल क्वालिफायर खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०२२ मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागिता जनाउने १६ टोली मध्ये १२ टोलीको टुंगो लागेको छ।

आयोजक राष्ट्र अस्ट्रेलिया स्वतः छनौट भैसकेको छ भने बाँकी ११ टोलि मध्ये अस्ट्रेलिया संगै इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान र बंगलादेश नोभेम्बर १५ को टि-२० बरियता र २०२१ को प्रदर्शन अनुसार सुपर १२ मा प्रवेश गरिसकेका छन्।

जारि विश्वकप संस्करणमा सुपर १२ मा तल्लो स्थान हासिल गरेका तथा वरियतामा आठौं भन्दा तल रहेका वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्डले भने २०२२ विश्वकपमा समूह चरणबाट यात्रा सुरु गर्नेछन।

वरियतामा वेस्ट इण्डिज र श्रीलंका भन्दा माथि रहेका कारण बंगलादेशले आगामी विश्वकपमा समूह चरण नभई सोझै सुपर १२मा स्थान बनाएको हो।

ग्लोबल क्वालिफायरमा यसपटकको विश्वकपमा तल रहेका( पहिलो चरणबाटै बाहिरिएका) आयरल्याण्ड, नेदरल्याण्ड, ओमान र पपुवा न्यु गिनीले भने ग्लोबल छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

टि-२० विश्वकप २०२२ मा छनोट हुने अन्य ४ टिमहरु आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगिताले निर्धारण गर्नेछ। नेपाल वरियताको आधारमा एसिया छनोट नखेली ग्लोबल छनोट पुगीसकेको छ। नेपाल लगायत जिम्बाब्वे, सिंगापुर र युएई वरियताको आधारमा स्वतः ग्लोबल छनोट प्रतियोगिता खेल्न छनोट भैसकेका छन।

ग्लोबल क्वालीफायरमा सहभागी १६ टिमहरुलाई दुईवटा समुहमा बिभिजन गरि छुट्टाछुट्टै ग्लोबल क्वालीफायर खेलाइनेछ जसबाट २/२ टिम विश्वकप खेल्न छानिनेछन्।

Leave a Reply

Next Post

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा दुई महिना मैदान बाहिर

Tue Nov 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले आफ्ना नियमित फ्रान्सेली मिडफिल्डर पाउल पोगबालाई कम्तिमा पनि दुई महिनाका लागि गुमाउने भएको छ। फ्रान्सको विश्वकप छनौट खेल अघि ट्रेनिङ्गका दौरान दाहिने तिघ्रामा समस्या आएपछि पोगबाले ट्रेनिङ क्याम्प छोडेका थिए। आर एम सी रिपोर्टले दिएको जानकारीमा म्यानचेष्टर यूनाइटेडका सबैभन्दा महंगा खेलाडी पोगबा कम्तिमा पनि […]
%d bloggers like this: