समर्थकसंग माफी माग्दै फुटबलको लागि ६ टोलीले त्यागे युरोपियन सुपर लिग !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। इन्ग्लिश प्रिमियर लिगका “बिग ६ ” क्लब आर्सनल, लिभरपुल , टोटेन्हम , म्यानचेस्टर युनिटेड, म्यानचेस्टर सिटि, चेल्सीले युरोपियन सुपर लिगमा आफ्नो सहभागिता पेस गरेको  ४८ घण्टा भित्रै नाम फिर्ता लिएका छन् ।

लिभरपुलका अफिसियलले नाम फिर्ता लिए लगतै दिएको स्टेटमेन्ट यस्तो रहेको छ ” आन्तरिक तथा बाहिरि बिरोध भएको ले समर्थक र फुटबलको भबिष्यका लागि हामीले नाम फिर्ता लिने निर्णय गरेका हौ। ”

European Super League

त्यस्तै म्यानचेस्टर युनाइटेड्का अफिसियल अनुसार ” हाम्रा समर्थक , इंग्ल्यान्ड सरकार र मुख्य प्रतिनिधिहरुको सल्लाह र सुझाबलाइ ध्यानमा राख्दै हामीले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छौ। ”

त्यसै गरि आर्सनल अनि टटेन्हमले पनि एक बिज्ञप्ति मार्फत माफी मागेका छन् ” फुटबल समुदायलाइ हानि पुर्याउनु कहिले पनि हाम्रो लक्ष्य थिएन, त्यस कारण समर्थक र फुटबल बिधहरुको सुझाबलाइ ध्यानमा राखी हामीले सुपर लिगमा सहभागिता नजनाउने फैसला गरेका छौ र पछिल्ला केहि दिनका फैसलाको सम्बन्धमा , हामीले गल्ति गरेका छौ र हामी त्यसका लागि माफी माग्न चाहान्छौ । ”

१२ क्लबले सहभागिता जनाएको सुपर लिगबाट ६ टोलिले नाम फिर्ता लिएका छन् र अब स्पेनका ३ क्लब र इटालीका ३ क्लबहरु बाकी रहेका छन् ।

Leave a Reply

Next Post

रोमाञ्चक खेलमा चेन्नाई सुपर किंग्स १८ रनले बिजयी !! दिपक चाहर र फाफ डुप्लेसिस उत्कृष्ट !

Wed Apr 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। रोमाञ्चक खेलमा चेन्नाई सुपर किंग्स बिजयी !! टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको कोलकता नाइट राइडर्सले पहिला केहि ओभरमा विकेट लिन नसकदा सिएसकेका ओपनर ब्याट्सम्यानले लय बनाउने मौका पाए। डु प्लेसिस र रुतुराज गाइक्वाडले ११५ रनको शतकीय साझेदारी गरेर आउदा ब्याट्सम्यानका लागि उत्कृष्ट वातावरण सजयाएका […]
CSK defeats KKR in a nail biting match
%d bloggers like this: