सयथरि गोडा एउटै चाल, नेपाल विरुद्ध श्रीलंकाको हाल बेहाल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।

गए राति सम्पन्न भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्‍यो।

पहिलो हाफको ३३औ मिनेटमा नेपालले खेलमा अग्रता लिएको थियो। नेपालका लागि पहिलो सुमन लामाले गोल गरेका थिए।

विंगमा उत्कृस्ट तालमेल मिलाएर सिर्जनागरेको मौकामा सुमनले प्रहार गरेको शट बारमा लागेको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल भए। सुमनको यो पहिलो अन्तर्राष्ट्रिय रहेको छ।

दोस्रो हाफमा झन सुधारिएको नेपालले थप आक्रामक हुदै निकै राम्रा मौकहरुको सिर्जना गरेको थियो।

दोस्रो हाफको ५१औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल भए।

आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले गरेको बचाव रिबाउन्ड हुन पुगेको थियो। रिबाउन्ड भएको बललाई ट्याप इन गर्दै अन्जनले गोल गर्न सफल भए।

तर अग्रता लिएपछि नेपालको रक्षात्मक लाईन सम्हालिन नसक्दा श्रीलंका खेलमा फर्किएको थियो। ५७औँ मिनेटमा बल क्लियर गर्न नसक्दा श्रीलंकाले गोल फर्कायो। उसका लागि मार्भिन हामिल्टनले डी एरिया बाहिर बाट निकै आकर्षक पसट प्रहार गर्दै बललाई जाली चुमाए।

दोस्रो हाफमा मनिष डाँगी र आयुष घलानले गोल थप्ने सुनौलो मौका पाएपनि बललाई सहि दिशा दिन सकेनन्। तर खेलको ८६ मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्न सफल भए। तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गरेका थिए।

खेल सकिन केहि मिनेट बाकीं रहदा श्रीलंकाले दोस्रो गोल गरेको थियो। कर्नरमा बल क्लिएर गर्दा रेफ्रीले ह्यान्ड बलको इशारा गर्दै श्रीलंकालाई पेनाल्टी दिएका थिए। गौतम श्रेष्ठले बल क्लिएर गर्ने क्रममा ह्यान्ड गर्न पुगेका थिए। श्रीलंकाका लागि उसका स्टार खेलाडी डी सिल्भाले दोस्रो गोल फर्काएका थिए।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो।

जित संगै नेपाल लगातार दुइ जित निकाल्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

Leave a Reply

Next Post

रियल मड्रिड सम्बन्धि खुलेर बोले एम्बाप्पे !!

Tue Oct 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च खेलाडी किलियन एम्बाब्प्पेले आफु अगस्टमा रियल म्याड्रिड जान चाहेको कुरा फ्रेन्च पत्रिका एल एकिपेसंग को एक अन्तर्वार्तामा बताएका छन्। तर क्लबसंग सम्पूर्ण कुरा हुदा हुदैँ पनि आफु रियल जान नपाउदा सुरुमा आफु निराश भएको कुरा ब्यक्त गरेका थिए। “सुरुमा, मैले क्लब संग केहि अवधि मागेको […]
%d bloggers like this: